Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगाैलीमा झारफुक गर्ने पास्टहरुलाई प्रहरीले लखेटे

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगाैली वडा नं. ४ भलुवाही खोलाको डिलमा पिता परमेश्वरको नामले गर्दै आएका झारफुक गर्नेहरुलाई प्रहरीले लखेटेकाे समाचार प्राप्त भएकाे छ ।

स्थानीय विकास थारु लगायतका केही व्यक्तिले साे स्थानमा साताको शुक्रवार र मङ्गलवार झारफुककाे कार्यक्रम गर्दै आएका थिए । सत्य बचन आत्मिक उत्थान केन्द्रकाे नामले हुँदै आएकाे कार्यक्रमका कारण स्थानीयले समस्या झेल्नुपरेको भन्दै गुनासाे प्रहरी समक्ष पुगेपछि प्रहरीले अब देखि यस्ता कार्यक्रम नगर्न चेतावनी दिदै लखेटेकाे हाे ।

प्रहरी त्यहाँबाट लखेटेपछि विकास थारु लगायतका झारफुक गर्नेहरु महुवनस्थित पुगेर बसेका थिए । त्यहाँबाट पनि इलाका प्रहरी कार्यालय पटेर्वा सुगाैलीले प्रहरी चाैकी महुवनलाई खबर गरेर लखेटेकाे थियाे । 

२१ औं सताव्दीमा आएर पनि झारफुककाे नाम बिरामीहरुलाई सास्ती दिने काम हुँदै आएकाे थियाे । पास्टरकाे नामले गरिने झारफुकका कारण बिरामीहरु त्यहीं बेहाेस हुने र केहि समय पछि फेरी हाेसमा आउने प्रत्यक्ष रुपमै देख्न सकिन्थ्याे । त्यस्ता कार्यहरु गैर कानुनी भएपनि खुल्याम रुपमा हुँदै आएकाे थियाे । 

भलुवाही खोलाको पूर्वतिर रहेको बाँधसँगैको सिसौँघारीमा हुँदै आएको कार्यक्रममा नेपाल तथा छिमेकी मुलुक भारतका विभिन्न राज्यबाट सहभागी हुन आउनेहरू तथा तिनीहरूको सवारीसाधनका कारण समस्या उत्पन्न भइरहेको थियाे ।

साइकल, मोटरसाइकल, जीप, कार, ट्याक्टर, टेम्पो, मयुरीलगायत सवारीसाधनको पार्किङ व्यवस्थापन नहुँदा सो सडकखण्ड कार्यक्रमको दिन प्रायः बन्द हुने गरेको यात्रीहरूले गुनासा गर्दै आएका थिए ।

साे स्थानमा जथाभावी दिसापिसाब गर्ने, पानीका बोतल, प्लास्टिक, कागज तथा अन्य अनावश्यक पदार्थको उचित व्यवस्थापन नहुँदा फोहर बढ्दै गएको स्थानीयको गुनासाे थियाे । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...