Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वीरगंजमा जिउँदाे मानिसकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री

spot_img
spot_img

वीरगंज । वीरगंजमा श्रीमतीले जिउदाे श्रीमानकाे मृत्यु दर्ता बनाएर सम्पती बिक्री गरेकाे घटना बाहिरिएकाे छ । वीरगंज महानगरपालिकाकाे वडा नं. २ छपकैया निवासी भाेला पासीकाे नाममा रहेकाे जग्गा श्रीमती सिमा पासीले मृत्यु दर्ता बनाएर बिक्री गरेकाे आराेप लागेकाे हाे ।

 १२  बर्षपछि आफ्नो घर फर्केका भाेलीका परिवारजनले त्यस्ताे आराेप लगाएका हुन् । १२ बर्ष भन्दा बढी अवधिदेखि हराइरहेका भोला बिहीवार बिहान ९ बजे घर फर्केपछि यस्ताे घटना सार्वजनिक भएकाे हाे ।

१२ बर्ष अघि उनकी पत्नी सीमा पासी ५ वर्षीय छोरा र ८ वर्षीया छोरीलाई लिएर पोइलो गएकी थिइन् । सोही टोलका समसाद अलिसँग पोइलो गएकी सीमालाई अहिले पुन: वीरगंज मै बस्दै आएकी छन् । शुरूमा सीमा र समसाद भारतको दिल्ली भागेका थिए । उनी हाल १८ वर्षीय छोरीसँग वीरगंजमा बस्दै आएकी छन् । 

आफनी पत्नीलाई खोज्दै भारत गएका भोलापछि मानसिक अवस्था गुमेपछि हराएका थिए ।  पहिले उनको मानसिक अवस्था ठीक नहुँदा घर फर्केका थिएनन् । तर केही महीनायता मानसिक अवस्थामा सुधार आएपछि आफू वीरगंज आएको उनले बताए ।

पत्नी सिमाले २०७८ सालमा पति भोलाको वडा नं २ बाट मृत्युदर्ता प्रमाणपत्र बनाइ अंशमा उनको एक कट्ठा ४ धुर जग्गा पनि हत्याएको परिवारजनले आरोप लगएका छन् ।

परिवारजनका अनुसार वीरगंजकाे वडा नं. १ छपकैया मै रहेकाे एउटा १८ धुर र एउटा ६ धुर जग्गा श्रीमती सिमाले हत्याएकी हुन् । साे जग्गाबाट उनी बिक्री समेत गरेकाे परिवारजनकाे आराेप छ ।

भारतको कोलकातामा बस्दै आएका भाेला बिहिबार एकासी घर फर्केपछि यस्ताे कुराहरु खुलेका हुन् । भाेलाकी आमा जिउँदै रहेपनि उनलाई जानकारी नै नदिई सिमाले श्रीमानकाे मृत्यु दर्ता बनाएर उनकाे नाममा रहेकाे सम्पती हत्याउन सफल भएकी परिवारजनकाे भनाई छ ।

जिउँदो मानिसको मृत्युदर्ता प्रमाणपत्र बनाइ सम्पत्ति हिनामिना गरेका सबैलाई छानबीनको दायरामा ल्याइ आवश्यक कारबाही गर्न परिवारजनले माग समेत गरेका छन् ।

१२ बर्षपछि घर फर्केका भाेलाकाे शान्ति सुरक्षाकाे माग गर्दै परिवारजनले जिल्ला प्रहरी कार्यालयमा लिखित निवेदन समेत दर्ता गराएका छन् । मृत्यु दर्ता बनाइसकेका घर फर्केका भाेलाकाे ज्यानकाे खतरालाई मध्यनजर गर्दै उनका परिवारजनले शान्ति सुरक्षाकाे निवेदन दिएका हुन् ।

परिवारजनले मृत्यु दर्ता प्रमाण पत्र बनाउने कार्यमा संलग्न सबै जनाकाे विरुद्ध कारवाहीकाे माग गर्दै उजरी दर्ता गराउन पनि तयारी गरेका छन् । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...