Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

सखुवाप्रसौनीकाे महुवनमा एक्स–रे सेवा सञ्चालन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा आएको छ ।

महुवन स्वास्थ्य चौकीमा रहेको स्वास्थ्य परिक्षण ल्याबमा मंगलबारदेखि एक्स–रे सेवापनि सञ्चालनमा ल्याइएको हो । मंगलबार स्वास्थ्य चौकीमै पुगेर गाँउपालिका अध्यक्ष यशवन्त यादवले उक्त एक्स–रे सेवाको उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले मैले गरेको प्रतिबदता अनुसार महुवान स्वास्थय चौकीमा गाउँपालिका स्तरिय करीब ३५ लाखकाे बजेटबाट २ कोठे भवन समेत निर्माण गरी डिजिटल एक्स-रे संचालनमा लयाएको वताए ।

उनले ग्रामीण भेगका जनतालाई एक्स–रे जस्तो सामान्य सेवाका लागि समेत वीरगंजकाे अस्पतालमा पुग्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि गाउँमै रहेको स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको बताए ।

अध्यक्ष यादवले महुवन स्वास्थ्य चौकीमा सञ्चालित एक्स–रे सेवाले वीरगंजका सरकारी र निजी अस्पतालको तुलनामा कम दरमा सेवा उपलब्ध गराउने जानकारीपनि दिए । वीरगंजका सरकारी र नीजी अस्पतालमा एक्स–रे को शुल्क ३५० रुपैयाँ रहेकोमा महुवन स्वास्थ्य चौकीबाट भने एक्स–रे को शुल्क ३०० रुपैयाँ मात्र लिइने उनले बताए ।

गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतो, पाँच वटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चौहान जातिलाई अल्पसंख्यक समुदायमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन

वीरगंज । नेपाल चौहान कल्याण समाज, पर्साले चौहान जातिलाई अल्पसंख्यक समुदायको रूपमा सूचीकृत गर्न माग गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार काठमाडौंलाई ज्ञापनपत्र बुझाएको...

नेपाली भाषा र साहित्यको संरक्षणमा सरोकारवालाको जोड

वीरगंज । विद्यार्थीहरूमा नेपाली भाषा र साहित्यप्रतिको अभिरुचि जगाउन र यसको संरक्षण गर्न विद्यालय, परिवार र समाज सबै उत्तिकै जिम्मेवार हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका...

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...