Date
शुक्र, कार्तिक १४, २०८३
Fri, October 30, 2026

सखुवाप्रसौनीकाे महुवनमा एक्स–रे सेवा सञ्चालन

spot_img
spot_img

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिका वडा नम्बर ५ महुवनस्थित स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा आएको छ ।

महुवन स्वास्थ्य चौकीमा रहेको स्वास्थ्य परिक्षण ल्याबमा मंगलबारदेखि एक्स–रे सेवापनि सञ्चालनमा ल्याइएको हो । मंगलबार स्वास्थ्य चौकीमै पुगेर गाँउपालिका अध्यक्ष यशवन्त यादवले उक्त एक्स–रे सेवाको उद्घाटन गरेका हुन् ।

त्यसअवसरमा वाेल्दै गाउँपालिका अध्यक्ष यादवले मैले गरेको प्रतिबदता अनुसार महुवान स्वास्थय चौकीमा गाउँपालिका स्तरिय करीब ३५ लाखकाे बजेटबाट २ कोठे भवन समेत निर्माण गरी डिजिटल एक्स-रे संचालनमा लयाएको वताए ।

उनले ग्रामीण भेगका जनतालाई एक्स–रे जस्तो सामान्य सेवाका लागि समेत वीरगंजकाे अस्पतालमा पुग्नुपर्ने बाध्यता अन्त्य गर्नका लागि गाउँमै रहेको स्वास्थ्य चौकीमा एक्स–रे सेवा सञ्चालनमा ल्याइएको बताए ।

अध्यक्ष यादवले महुवन स्वास्थ्य चौकीमा सञ्चालित एक्स–रे सेवाले वीरगंजका सरकारी र निजी अस्पतालको तुलनामा कम दरमा सेवा उपलब्ध गराउने जानकारीपनि दिए । वीरगंजका सरकारी र नीजी अस्पतालमा एक्स–रे को शुल्क ३५० रुपैयाँ रहेकोमा महुवन स्वास्थ्य चौकीबाट भने एक्स–रे को शुल्क ३०० रुपैयाँ मात्र लिइने उनले बताए ।

गाँउपालिका अध्यक्ष यादवकै अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाँउपालिकाकी उपाध्यक्ष शर्मिला विष्ट महतो, पाँच वटै वडाका वडाध्यक्ष, स्वास्थ्यकर्मी लगायतको पनि उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भारततर्फ तस्करी हुँदै गरेका १० वटा गाईगोरु भारतीय एसएसबीको नियन्त्रणमा

बारा । नेपालबाट भारततर्फ तस्करी गरी लैजाँदै गरिएका १० वटा गाईगोरु भारतीय सुरक्षा निकायले बरामद गरेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) र स्थानीय...

खेखरियाबाट भन्सार छलीका लत्ताकपडासहित मोटरसाइकल बरामद

वीरगञ्ज । बाराको विश्रामपुर गाउँपालिका–१ खेखरियास्थित सीमावर्ती क्षेत्रबाट सशस्त्र प्रहरीले भन्सार छली गरी भारतबाट नेपालतर्फ ल्याउँदै गरेको लत्ताकपडासहित मोटरसाइकल बरामद गरेको छ। सशस्त्र प्रहरी बल...

जैविक तटबन्ध र पूर्वसूचनाले लालबकैया बाढीबाट जोगियो तेजापाकड घरारी

वीरगञ्ज । वर्षौँदेखि लालबकैया नदीको बाढीबाट पीडित रौतहटको परोहा नगरपालिका–३ तेजापाकड घरारीका बासिन्दाले यस वर्ष केही राहत महसुस गरेका छन्। बाढीको जोखिम कायमै रहे...