Date
शनि, कार्तिक १, २०८३
Sat, October 17, 2026

हट्यो नेपाली गाडीलाई रक्सौल जानु पूर्व पास लिनुपर्ने प्रावधान

spot_img
spot_img

वीरगंज । नेपालबाट वीरगंजकाे बाटो हुँदै भारतीय सहर रक्सौल प्रवेश गर्न चार पाङग्रे (चक्के) गाडीलाई अब विशेष पास नलिनुपर्ने भएको छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सङ्घीय सांसद प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको पहलले रक्सौल बजारमा सवारीसाधन लग्न विशेष पास लिनुपर्ने प्रावधान हटेको जनाइएकाे छ ।

जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेत समेत रहेका सांसद यादव र जसपाका केन्द्रीय सदस्य समेत रहेका मेयर सिंहसहितको टोलीले सीमावर्ती भारतीय सहर रक्सौलस्थित भन्सार कार्यालयमा पुगेर त्यहाँका अधिकारीहरूसँग पहल गरेका थिए ।

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले पासको प्रावधानले नेपालीहरूलाई सास्ती हुने बताउँदै त्यसलाई तत्काल फिर्ता लिन आग्रह गरेका थिए । उनले भारतीय सहर रक्सौलसँग वीरगंजबासीकाे सम्बन्ध व्यावसायिक मात्र नभई पारिवारिक र धार्मिक सम्बन्ध समेत रहेकोले यस्तो प्रावधानले दुवै देश बिचको सम्बन्धमाथि नै असर पर्ने बताएका थिए ।

त्यस्तै वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पनि पास लिनुपर्ने प्रावधान झन्झटिलो र व्यवहारिक नदेखिएको बताउँदै त्यसलाई फिर्ता लिन भारतीय भन्सार कार्यालयका अधिकारीहरूसँग आग्रह गरेका थिए ।

सांसद यादव र मेयर सिंहको आग्रह पश्चात् भारतीय भन्सार विभागले नेपाली नम्बर भएको चार पाङ्ग्रे (चक्के) गाडीलाई पास लिनुपर्ने प्रावधानलाई हटाएको छ । अहिले नेपाली चार चक्के गाडीहरू सहजै रक्सौलसम्म गइरहेका छन् ।

वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासका अधिकारी शैलेन्द्र कुमारले पनि नेपाली नम्बर प्लेटको गाडीलाई दूतावास पुगेर पास लिनुपर्ने लगायतका सम्पूर्ण प्रावधान हटाइएको बताए । सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले पहिला जस्तै नेपाली चार चक्के गाडी रक्सौलसम्म बिना कुनै झन्झट प्रवेश गर्न पाउने जानकारी दिए ।

यसअघि मङ्गलवारदेखि नेपाली नम्बर प्लेट भएका चार चक्के सवारीसाधनलाई वीरगंजस्थित भारतीय महावाणिज्य दूतावासबाट विशेष अनुमतिसहितको पास लिनुपर्ने प्रावधान लागु भएको थियो । प्रावधान लागु भएसँगै पारिवारिक तथा अन्य विशेष कामले रक्सौल जाने नेपालीहरूलाई सास्ती भोग्नु परेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मेडिकल एसोसिएसन र औषधि प्रतिनिधिद्वारा चाडपर्वको शुभकामना आदानप्रदान

वीरगंज । नेपाल मेडिकल एसोसिएसन नारायणी र नेपाल मेडिकल एण्ड सेल्स रिप्रेजेन्टेटिभ एसोसिएसन वीरगंज एकाइको संयुक्त आयोजनामा दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना...

एसएसपी नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट सम्मानित

वीरगंज । ७१औँ प्रहरी दिवस २०८३ को अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी उत्कृष्ट प्रहरी कार्यालय व्यवस्थापन पुरस्कारबाट पुरस्कृत भएका छन् । नेपाल प्रहरी...

पटेर्वा सुगौलीमा दुर्व्यसनविरुद्ध युवाको अभियान, ३०० भन्दा बढीलाई सचेतना

वीरगंज । पर्साको पटेर्वा सुगौली गाउँपालिकामा युवामाझ बढ्दो मदिरा तथा लागुऔषध दुर्व्यसन न्यूनीकरण गर्ने उद्देश्यले युवाको नेतृत्वमा सचेतनामूलक अभियान सञ्चालन गरिएको छ । दिव्य विकास...