Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

खानेपानी मन्त्री कलवारको निर्देशनमा वीरगंजमा पानी वितरण

spot_img
spot_img

वीरगंज ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले वीरगंज पानी वितरण गर्न थालेको छ । मधेश प्रदेश सरकारको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारको निर्देशनमा कार्यालयले वीरगंज विभिन्न स्थानमा ट्याङ्करमार्फत पानी वितरण गर्न थालेको हो ।

मन्त्री ज्युकाे निर्देशनमा डिभिजन कार्यालयका ८ वटा ट्यांकर मार्फत वीरगंज महानगरपालिकाकाे विभिन्न स्थानमा खानेपानी वितरण भइरहेकाे मन्त्री कलवारका स्वकिय सचिव सचिन कुमार सिंहले जानकारी दिए ।

वीरगंजका विभिन्न १२ स्थानमा २ हजार लिटरको ट्याङ्कीमार्फत पानी वितरण भइरहेकाे उनले बताए । उनका अनुसार अहिले वीरगंजकाे राधेमाई, श्रीपुर, रानीघाट, पानीट्याङ्की, लक्षमणुवा, डिभाईन क्लोनी, विर्ता बजार, गणेशमान चौक, नापी शाखा छपकैया लगायतका स्थानमा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ । 

अझै आवश्यक्ताको आधारमा थप स्थानमा ट्याङ्कीबाट पानी वितरण गर्ने तयारी भइरहेको स्वकिय सचिव सिंहले जानकारी गराए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

धनुषामा श्रीमतीको हत्या गरेपछि श्रीमानले गरे आत्महत्या, चार वर्षीय छोरा घाइते

धनुषा । धनुषाको मिथिला बिहारी नगरपालिका–३ मथिलेश्वरमा पारिवारिक विवादका कारण एक दम्पतीको मृत्यु भएको छ। श्रीमानले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेपछि आफूले...

मधेशमा नयाँ सत्ता समीकरणको कसरत, सरोज यादव मुख्यमन्त्री बन्ने सम्भावना

काठमाडौं । मधेश प्रदेशको राजनीति फेरि तातेको छ। नेकपा एमालेले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका नेपाली कांग्रेसका मुख्यमन्त्री कृष्णकुमार यादवको सरकार सङ्कटमा परेको छ।...

वीरगञ्ज–१५ का वडाध्यक्ष यादवद्वारा निजी जग्गाका संरचना भत्काएको आरोप

वीरगञ्ज । पर्सा जिल्ला अदालतमा जग्गासम्बन्धी मुद्दा विचाराधीन रहेकै अवस्थामा वीरगञ्ज महानगरपालिका–१५ का वडाध्यक्ष रमेश यादवसहितको टोलीले निजी जग्गामा बनेका संरचना भत्काउनुका साथै आफूलाई...