Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

खानेपानी मन्त्री कलवारको निर्देशनमा वीरगंजमा पानी वितरण

spot_img
spot_img

वीरगंज ।  खानेपानी तथा सरसफाई डिभिजन कार्यालय बाराले वीरगंज पानी वितरण गर्न थालेको छ । मधेश प्रदेश सरकारको ऊर्जा, सिचाई तथा खानेपानी मन्त्री सिंगासन सा कलवारको निर्देशनमा कार्यालयले वीरगंज विभिन्न स्थानमा ट्याङ्करमार्फत पानी वितरण गर्न थालेको हो ।

मन्त्री ज्युकाे निर्देशनमा डिभिजन कार्यालयका ८ वटा ट्यांकर मार्फत वीरगंज महानगरपालिकाकाे विभिन्न स्थानमा खानेपानी वितरण भइरहेकाे मन्त्री कलवारका स्वकिय सचिव सचिन कुमार सिंहले जानकारी दिए ।

वीरगंजका विभिन्न १२ स्थानमा २ हजार लिटरको ट्याङ्कीमार्फत पानी वितरण भइरहेकाे उनले बताए । उनका अनुसार अहिले वीरगंजकाे राधेमाई, श्रीपुर, रानीघाट, पानीट्याङ्की, लक्षमणुवा, डिभाईन क्लोनी, विर्ता बजार, गणेशमान चौक, नापी शाखा छपकैया लगायतका स्थानमा ट्याङ्कीबाट पानी वितरण भइरहेको छ । 

अझै आवश्यक्ताको आधारमा थप स्थानमा ट्याङ्कीबाट पानी वितरण गर्ने तयारी भइरहेको स्वकिय सचिव सिंहले जानकारी गराए । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छ : मन्त्री गौतम

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन तथा नीतिगत तहमा रहेका अस्पष्टता हटाउन सरकार गम्भीरतापूर्वक लागिपरेको बताउनुभएको छ । प्रतिनिधिसभाअन्तर्गतको कानुन,...

नेपाल भलिबल लिगः अन्नपूर्ण स्पाइकर किङ्ग्स फाइनलमा

काठमाडौँ । अन्नपूर्ण स्पाइकर किङ्ग्स एक्सट्रिम इनर्जी ड्रिङ्क नेपाल भलिबल लिग ९एनभीएल० को फाइनलमा प्रवेश गरेको छ । अन्नपूर्ण १२ अङ्कको स्पष्ट अग्रतासहित शीर्ष...

जलवायु परिवर्तनको असमान भार नेपालले थेग्न सक्दैनः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य भए पनि त्यसको गम्भीर असर नेपाली नागरिकले भोग्नुपरिरहेको बताउनुभएको छ । दक्षिण एसिया वन्यजन्तु कानुन...