Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

रोट्रयाक्ट र रोटरी क्लबद्वारा विद्यार्थीहरुलाई ब्याग वितरण

वीरगंज । रोट्रयाक्ट क्लब अफ वीरगंज र रोटरी क्लब अफ ज्ञानेश्वरले आइतबार एक कार्यक्रमका बिच विद्यार्थीहरुलाई ब्याग र स्टेशनरीको सम्मान वितरण गरेकाे छ ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ३० प्रसोतिपुरमा रहेको श्री नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत बाल शिक्षादेखि कक्षा ५ सम्मका २५० जना बिद्यार्थीहरुलाई ब्याग र स्टेशनरी वितरण गरिएको रोट्रयाक्ट क्लवका पूर्व अध्यक्ष आयुष गुप्ताले जानकारी दिए । 

रोट्रयाक्ट क्लब अफ वीरगंज र रोटरी क्लब अफ ज्ञानेश्वरको संयुक्त आयोजनामा `हैप्पी स्कूल प्रोजेक्ट´ अन्तर्गत विद्यार्थीहरुलाई ब्याग र स्टेशनरीको सम्मान वितरण गरिएकाे उनले वताए ।

ब्याग र स्टेशनरीको सम्मान वितरण कार्यक्रममा डिष्ट्रिक्ट गवर्नर आरटिएन राजेन्द्र धोजु, प्रथम महिला आरटिएन समिरा धोजु, निवर्तमान डिस्ट्रिक्ट गभर्नर आरटीएन सञ्जय गिरी, सहायक डिस्ट्रिक्ट गभर्नर आरटिएन राम प्रसाद, रोटरी क्लब अफ वीरगंजका अध्यक्ष आरटीएन दिपक तुल्स्यान, चार्टर्ड सेक्रेटरी रोटरी क्लव अफ ज्ञानेश्वर आरटिएन सृष्टि त्रिपाठी तथा रोटर्याक्ट क्लब अफ वीरगंजका अध्यक्ष सन्नी सर्राफ, सचिव आरटीआर विवेक कुमार पटेल, उपाध्यक्ष आरटीआर योगेश जैसवालकाे उपस्थिती रहेकाे थियाे ।

यसैगरी आरटीआर नवीन गुप्ता, आरटीआर सोनी गुप्ता, आरटिआर राहुल कुशवाहा, जिल्ला ट्राफिक प्रहरीका इन्स्पेक्टर मणिराम थापा, श्रीपुर प्रहरी कार्यालयका इन्स्पेक्टर आशुतोष शाही, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वीरेन्द्र यादव, वडाध्यक्ष मनोज यादव लगायत स्थानियको पनि उपस्थिति रहेको थियो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

दुर्गा प्रसाईंलाई आइतबारसम्म रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । संयाेजक...

मधेश क्रिकेट लिगको उपाधि लगातार दोस्रो पटक बारालाई

वीरगंज । मधेश क्रिकेट लिगको दोस्रो संस्करणको उपाधि बाराले लगातार दोस्रो पटक जितेको छ । वीरगंजस्थित टीबी साह क्रिकेट रंगशालामा शुक्रबार सम्पन्न फाइनल खेलमा...

विद्यार्थीलाई सुरक्षित डिजिटल प्रयोगबारे प्रशिक्षण

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्सा एवं सामुदायिक प्रहरी सेवा अन्तर्गत एलाइड युथ सोसाइटीद्वारा वीरगंजस्थित मुन लाइट सेकेन्डरी स्कुलमा प्रभावकारी साइबर अपराध सचेतना कार्यक्रम...