Date
बुध, साउन ६, २०८३
Wed, July 22, 2026

दक्ष जनशक्ति उत्पादनका गर्न महानगर लगानी गर्न तयार छ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले निजी क्षेत्रको माग बमोजिम दक्ष श्रमिक उत्पादन गर्ने महानगरको लक्ष्य अनुरुप काम भइरहेको बताएका छन् ।

स्व. दिवाकर गोल्छाको ७० औं जन्म जयन्तिको उपलक्ष्यमा वीरगंजकाे वडा नम्वर ३१ बेलवामा रहेको हिप्को सुपरबिल्डमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यहाँ रहेका औद्योगिक कलकारखानालाई चाहिने दक्ष श्रमिक उत्पादन गर्ने लक्ष्य बमोजिम महानगरले आवश्यक प्राविधिक तालिममा लगानी गर्ने बताए ।

उनले अहिले यहाँका उद्योगहरु भारतीय श्रमिकमा निर्भर रहेको बताउँदै उनले त्यसलाई पूर्ति गर्न आफ्नै नेपाली कामदारलाई दक्ष बनाउने गरि तालिम संचालनलाई महानगरले प्राथमिकतामा रहेको वताए ।

यहीका श्रमिकलाई प्रशिक्षणमार्फत आवश्यक विषयमा दक्ष बनाउन सकिए श्रमको उचित ज्याला र श्रम सम्मान पाउने अवस्था आउने पनि मेयर सिंहकाे भनाई थियो ।

वीरगंज महानगरपालिकाले हिप्कोसँगको सहकार्यमा अहिले ८९ जनालाई स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम दिएर उनीहरुलाई रोजगारको बाटो समेत देखाएको छ ।

तालिम प्राप्त गरेका ८९ जनालाई मेयर सिंहले आइतबार प्रमाणपत्र समेत वितरण गरेका हुन् ।

रोजगारका लागि सीप कार्यक्रम अन्तर्गत वीरगंज ईन्स्टिच्युट अफ टेक्नोलोजी र दिवाकर गोल्छा कर्पोरेशन बीच सम्झौता समेत भएको छ । सम्झौतामा गोल्छा कर्पोरेशनले स्टील फ्याब्रिकेशन सम्बन्धी तालिम तथा रोजगार दिने र वीआईटीले दक्ष विधार्थी पठाउने उल्लेख छ ।

यसले शिक्षा र रोजगारलाई साथसाथ जोड्ने विश्वास लिइएको हुलास स्टीलका वित्तीय प्रमुख सुनिल मनौतले बताए ।

गोल्छा कर्पोरेशनले समय सापेक्ष र दिगो रुपमा आर्थिक योगदानमा मात्रै सिमित नरही समग्र क्षेत्रमा दिगो रुपमा योगदान गर्दै जाने योजना बमोजिम महानगरसँगको हातेमालोमा श्रमिकहरुलाई दक्ष बनाउन तालिम दिन लागिएको वित्तीय प्रमुख मनौतले बताए ।

कार्यक्रममा बिआईटीका प्राध्यापक निरज श्रीवास्तव, स्थानीय जनप्रतिनिधि, प्रशिक्षक लगायतको सहभागिता रहेको थियो ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जीतपुर–सिमरामा इँटा, काठ, कोइला र क्लिङ्करमा कर असुली गैरकानुनी भएको उद्योगीको दाबी

वीरगंज । जीतपुर–सिमरा उपमहानगरपालिकाले ठेक्का प्रणालीमार्फत इँटा, काठ, पिना, कोइला र क्लिङ्करमा कर असुल गरिरहेको भन्दै उद्योगी–व्यवसायीहरूले उक्त करलाई गैरकानुनी भएको दाबी गरेका छन्...

कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा

वीरगंज । पर्साको कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष संजय पटेल धराैटीमा रिहा भएका छन् । अभद्र व्यवहार मुद्दामा पक्राउ परेका वडाध्यक्ष पटेल १० हजार रुपैया...

सिर्सिया नदी प्रदूषणमा सरकारकाे एक्सन : १२ उद्योगलाई १०/१० लाख जरिवाना

वीरगंज । बारा–पर्साको सिर्सिया नदी आसपास सञ्चालित उद्योगहरूले वातावरणीय मापदण्ड उल्लंघन गरेको पुष्टि भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १२ उद्योगलाई जनही १० लाख...