Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

नारायणी रंगशालाकाे लागि बजेट व्यवस्था गरिदिन खेलकुद मन्त्रीसँग मेयर सिंहको आग्रह

spot_img
spot_img

वीरगंज । लामो समयदेखि जीर्ण रहेको वीरगंजस्थित नारायणी रंगशाला पुनः निर्माणका लागि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पहल थालेका छन् ।

मेयर सिंहले शनिबार आफ्नै कार्यकक्षमा नेपाल सरकारका युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुलाई स्वागत गर्दै रंगशाला पुनःनिर्माण गर्न अतिआवश्यक रहेकाले बजेटको व्यवस्था मिलाइदिन आग्रह गरेका हुन् ।

उनले भने, ‘यो रंगशाला पुनःनिर्माणले यस क्षेत्रका युवा तथा खेलप्रेमीका लागि उत्साह थप्नुका साथै खेलकुद गतिविधिमा पनि बृद्धि हुने निश्चित छ, त्यसैले रंगशाला निर्माणका लागि यहाँको सहयोग चाहियो ।’ स्थानीय सरकार एक्लैले चाहेर मात्रै सम्भव नरहेकाले त्यसका लागि संघ सरकारको सहयोग आवश्यक रहेको मेयर सिंहले बताए ।

मन्त्री लिम्बुले युवा तथा खेलकुदका लागि सरकारले लगानी गरिरहेको भन्दै वीरगंजमा रहेको नारायणी रंगशाला निर्माणमा आफ्नो चासो रहने बताए । त्यसका लागि संघ, प्रदेश र स्थानीय तीन वटै सरकारको समन्वयमा काम गर्न आफू तयार रहेको पनि उनले वताए ।

यो रंगशाला संघ सरकार मातहत रहेकाले संघले यसमा लगानी गर्न सँधै तयार रहेको भन्दै आवश्यक योजना बनाएर आउन पनि उनले आग्रह गरे ।

मेयर सिंहले मन्त्री लिम्बुलाई वीरगंजबासीकाे तर्फबाट मायाको चिनो समेत प्रदान गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...