Date
बुध, बैशाख ९, २०८३
Wed, April 22, 2026

सांसद यादवलाई बदनाम गर्न खोजिएपछि जनताले घेरे ठेकेदार

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३१ स्थित मिलन चौकदेखि लालपर्सा सम्म बनिरहेको सडकमा कमसल काम भएको भन्दै त्यसलाई तत्काल मादण्ड अनुसार निर्माण गर्न ठेकेदार कम्पनी एवं भौतिक पूर्वधार विकास मन्त्रालय अन्तर्गतको सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियरलाई संघिय सांसद प्रदिप यादवले निर्देशन दिएका छन् ।

- Advertisement -

यसै बिच सांसद यादवलाई बदनाम गर्न खोजिएको एवम् काम कमसल गरेको भन्दै ठेकेदार कम्पनीका संचालकलाई स्थानियहरुले घेरेका छन् । स्थानियहरुले यथासिघ्र गुणस्तरीय काम गर्न माग गरेका छन् ।

मिलन चौकदेखि लालपर्सा सम्मको ७.५ किलोमिटर सडक स्तरोउन्नती एवं कालोपत्रे गर्न शारधा अमित जेवी कम्पनीले ठेक्का सकार गरेका थिए । कम्पनीले सो सडक ३.५ मिटरदेखि ७ मिटर सम्मको चौडाईमा काम गर्ने ठेक्का लिएको थियो । कम्पनीले सो सडकमा कालोपत्रे गर्न २ करोड ९८ लाखमा ठेक्का सकार गरेको थियो ।

काम समाप्त भएको केहि दिनमै पिच खुइलिएको भिडियोहरु समाजिक सञ्जालमा सार्वजनिक भएपनि संघिय सांसद प्रदिप यादवले सडकको अनुगमन गर्न इन्जिनियर एवं निर्माण कम्पनी सहितको टोलीलाई शनिवार मिलन चौकमा पठाएका हुन् । स्थानियहरुले पर्सा क्षेत्र नं. १ का सांसद यादवले शिलान्यास गरेको सडकको निर्माण कार्यमा ठेक्केदार कम्पनीकै बदमासी रहेको बताएका छन् ।

अनुगमनको क्रममा पुगेका संचारकर्मीहरुसँग कुराकानी गर्दै स्थानिय कमाल अख्तरले यदावलाई वदनाम गर्न खोजिएको बताए । कालोपत्रे कमजोर हुनुमा भौतिक पूर्वधार विकास अन्तर्गतको सडक डिभिजन कार्यालयका कर्मचारी एवं ठेकेदार कम्पनी दोषी रहेको अख्तरले वताए ।

स्थानिय शेख सदामले निर्माण कम्पनीले हतारमा रातीको समयमा काम गरेको कारण पिच राम्ररी नवसेको प्रतिक्रिया दिए । उनले काम कमजोर भएको ठाउँमा पुन: काम गराउन माग गरे । ठेकेदार कम्पनी शारधा अमित जेवीका संचालक जितेन्द्र साहले पिच गर्ने वेलामा पानी परेको एवं केहि टेकनिकल त्रुटी भएको कारण मिलन चौकमा पिच राम्ररी नवसेको बताए । उनले कालेपत्रे राम्ररी नवसेको जानकारी पाउँने वितिकै पुन सो ठाउँमा आफुहरुले काम शुरु गरिसकेको बताए ।

मौसमले साथ दिए बिग्रेको ठाउँमा एक हप्तादेखि बढीमा १५ दिनमा पुन कालेपत्रे गरि सकिने संचालक साहले बताए ।

अनुगमनको लागि मिलन चौक पुगेका भौतिक पूर्वधार विकास कार्यालय अन्तर्गतका सडक डिभिजन कार्यालय हेटौडाका इन्जिनियर ग्रिसनन्द पोरसले कम्पनीले राम्ररी काम नगरे धरौटी फिर्ता नहुने एवं अन्य कानुनी उपचार रहेको बताउँदै सडक भिडिजन कार्यालयले ठेक्काको रकम असुल उपर गर्न सक्ने समेत बताए ।

केहि ठाउँमा कालोपत्रे खुलिएको कुरा आएको हुँदा कम्पनीलाई तत्कालै सो ठाउँमा पुन: कालोपत्रे गर्न पत्रचार गरि सकिएको पोरसले बताए । उनले कार्यालयको पत्रचारपछि कम्पनीले काम पनि शुरु गरिसकेको हुँदा स्थानियहरुलाई नआतिन आग्रह गरे । गुनासो बढेपछि आफु स्वयम पुन: बाटो हेर्न आएको उनको भनाई थियो ।

अन्य ठाउँहरुको पिचको गुणस्तर राम्रो पाइएको भएपनि मिलन चौकमा अलि समस्या रहेको उनले बताए । बाटो निर्माण भएको वेलामा कुनै ठाउँमा पिच नखुइएिको बताउँदै उनले कम्पनीलाई आर्थिक बर्षको अन्ततिर भुक्तानी गरिएको भएपनि बिग्रेको काम पुन: ठेकेदार कम्पनीले बताउनु पर्ने प्रवधान रहेको बताए ।

सडक हेर्न मिलन चौक पुगेका संघीय सांसद प्रदिप यादवका स्वकीय सचिव निखिल बर्णवालले काम ठेक्का मार्फत भएको कारण सडकको शिलान्यास गर्दैमा सांसद दोषी नहुने बताए । जनताको गुनासो आएको बताउँदै उनले केहि ठाउँहरुमा बिग्रेको बाटो ठेकेदार कम्पनीसँग जसरी भएपनि बनाउँन लगाउने ठोकुवा गरे । उनले केहि व्यक्तिहरुले विकासप्रेमी सांसद यादवलाई राजनितिक प्रतिसोधका कारण वदनाम गारउँन खोजेकाे प्रतिक्रिया दिए । मानिय सांसद यादवकै निर्देशनमा आफुहरु बाटोको अनुगमन गर्न पुगेको उनले बताए ।

सो बिषयमा सांसद प्रदिप यादवसँग प्रतिक्रिया लिदा उनले आफ्नो काम बजेट ल्याउने रहेको बताए । उनले काम ठेक्का मार्फत भएको कारण मलाई बदनाम गर्नुको कुनै औचित्य नरहेको बताए । कमसल काम भएको छ भने पुन बनाउँन लगाइएने नत्र ठेकेदार कम्पनीलाई कारवाहीको दायरामा ल्याउने यादवले बताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरकारी विज्ञापन नीतिविरुद्ध पत्रकार महासंघको देशव्यापी आन्दोलन घोषणा

काठमाडौँ । नेपाल पत्रकार महासंघले सरकारी विज्ञापन वितरणसम्बन्धी निर्णयविरुद्ध देशव्यापी दबाबमूलक अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले तीनै तहका सरकारी...

वीरगंज सडक विस्तार : २४ घण्टामै १२ सय संरचना भत्काइयो, निर्माण सम्पन्न हुन दुई वर्ष लाग्ने

वीरगंज । वीरगंज महानगरपालिका क्षेत्रमा मुख्य सडकको दायाँबायाँ २५ मिटरभित्र रहेका अतिक्रमित संरचना हटाउने कार्य सम्पन्न भएको छ। आइतबार बिहानदेखि डोजर प्रयोग गरी सुरु गरिएको...

वीरगंजमा ६ केजीभन्दा बढी गाँजा सहित ४ भारतीय नागरिक पक्राउ

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले लागुऔषध गाँजा सहित चार जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। साेमबार बिहान करिब ८:२० बजे वीरगंज महानगरपालिका वडा नं....