Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा ट्यांकर र टंकीबाट टोलटोलमा पानी बाँडिदै

spot_img
spot_img

वीरगंज । वीरगंजकाे अधिकांस क्षेत्रमा चापाकल सुकेर पानीको अभाव हुन थालेपछि महानगरपालिकाले विभिन्न वडामा ट्यांकरबाट पानी वितरण गर्ने कार्यलाई तिब्रता दिएको छ ।

महानगरले ट्यांकरबाट पानी वितरण गर्नुका साथै विभिन्न स्थानमा अस्थायी ट्यांकी नै राखेर पानी वितरणको व्यवस्था मिलाएको हो ।

महानगरले वडाहरुमा पानी वितरणका लागि समय तालिका नै सार्वजनिक गरेको छ । नगरवासीको जनजीवन सहज बनाउन महानगरले समय नै तोकेर पानी वितरणका लागि तालिका सार्वजनिक गरेको महानगरका मेयर राजेशमान सिंहले बताए ।

विहान ५ बजेदेखि राती ८ बजेसम्म विभिन्न १९ वटा वडामा ट्यांकरमार्फत पानी वितरण गरिरहेको र अन्य वडामा पनि समस्या देखिए पानी उपलब्ध गराउने मेयर सिंहले बताए ।

ट्यांकरबाट अहिलेसम्म १९ वटा वडामा दैनिक पानी उपलब्ध गराइरहेको र अहिलेसम्म ७ वटा वडाको विभिन्न स्थानमा अस्थायी ट्यांकी राखिएको छ । यसका साथै खानेपानी संस्थानको पाइपलाईन विस्तार भएका ठाउँको सार्वजनिक स्थानहरुमा खानेपानीको धारा राख्ने कामलाई पनि महानगरले तिब्रता दिएको छ ।

खानेपानीको पाइपलाइन वडा नम्वर १ देखि १७ र १९ मा विस्तार भएकाले ती वडाका सार्वजनिक स्थानमा पानीको धारा राख्ने काम भइरहेको महानगरको खानेपानी शाखाका प्रमुख भोगेन्द्र चापागाईँले जानकारी दिए ।

जलस्तर तल झरेपछि वीरगंजका विभिन्न वडाका हजारौँ चापाकलहरु सुकेका छन् । तत्कालै प्राकृतिक रूपमै जलस्तरमा सुधार आउने सम्भावना कम देखिएकाले महानगरले अहिले पानी ट्यांकीमार्फत अस्थायी रूपमा समस्या समाधानको प्रयास गरिरहेको हो ।

यस वर्ष अपेक्षाकृत निकै कम वर्षा भएकाले समस्या आएको हो । ‘यो प्राकृतिक विपत् भएकाले तत्काल पानीको अस्थायी व्यवस्थापनका लागि खानेपानी संस्थानसँगको समन्वयमा सार्वजनिक स्थानमा पानीको धारा जोड्ने काम गरिरहेका छौँ,’ मेयर सिंहले भने, ‘ट्यांकर र टंकी राखेर महानगर आफैँले पानी वितरण गरिरहेको छ ।’

यसैगरी अन्य केही व्यक्ति र संस्थाहरुले पनि पानीकाे समस्या रहेकाे वीरगंजका वडाहरुमा टयांकरबाट पानी वितरण गरिरहेका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...