Date
शुक्र, अशोज ३०, २०८३
Fri, October 16, 2026

पशुपति मन्दिरकाे गहना महानगरका मेयरलाई हस्तान्तरण

spot_img
spot_img

वीरगंज । वीरगंजकाे चिनी कारखाना परिसरमा रहेको पशुपतिनाथ मन्दिरको शिवलिङ्गको गहना बिहीबार चिनी कारखाना व्यवस्थापनले महानगर प्रमुख राजेशमान सिंहलाई हस्तान्तरण गरेको छ ।

पशुपति मन्दिरको सौन्दर्यकरण गरि श्रद्धालु भक्तजन आउजाउ गर्ने वातावरण बनाएसँगै महानगर प्रमुख सिंहले शिवलिङ्गको गहनाको सम्बन्धमा खोजी गरेका थिए ।

जस अनुरुप तत्कालिन चिनी कारखाना व्यवस्थापनसँग गहना रहेको जानकारी आएपछि त्यसको व्यवस्थापनलाई मन्दिरको गहना उपलब्ध गराउन आग्रह गरिएकाे थियो । त्यसपछि बिहिबार एक कार्यक्रमका बीच कारखाना व्यवस्थापनले महानगर प्रमुख सिंहलाई २०५९ सालमा मन्दिरबाट निकालेर राखेको शिवलिङ्गको गहना उपलब्ध गराएको हो ।

चाँदीको मुकुट, चाँदीको कमरबन्द, चाँदीको शंख, चाँदीको पिर्का, चाँदीको खराउ १/१ थान यस्तै चाँदीको बेलपत्र भएको माला ४ थान, मुकुटसँगै लगाउने चाँदीको छाता ५ थान, सुनको पट्टी भएको ४ थान रुद्राक्षको माला चिनी कारखाना व्यवस्थापनले महानगर प्रमुख सिंहलाई हस्तान्तरण गरेको हो ।

चिनी कारखाना व्यवस्थापनबाट प्राप्त गरेको गहना श्रावणी मेलाकै अवसरमा आउँदो सोमबार शिवलिङ्गमा पुनस्थापित गर्ने मेयर सिंहले बताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

भन्सारबाट सस्तोमा सामान दिलाइदिने भन्दै ठगी गर्ने प्रविण साह पक्राउ

वीरगंज । वीरगंज भन्सारबाट लिलाम हुने सवारीसाधन तथा घरायसी सामान सस्तो मूल्यमा दिलाइदिने प्रलोभन देखाएर रकम ठगी गरेको आरोपमा प्रहरीले एक जना बिचौलियालाई पक्राउ...

कांग्रेसको सहमहामन्त्रीमा अजय चौरसिया विजयी

वीरगंज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पर्साका नेता अजयकुमार चौरसिया मधेसीतर्फको सहमहामन्त्री पदमा निर्वाचित भएका छन् । निकटतम प्रतिस्पर्धी महेन्द्र यादवलाई २३४ मतले पराजित...

‘कबड्डी ५’ को ट्रेलर सार्वजनिक, फेरि काजीको बिहेको चर्चा

वीरगंज । बहुप्रतीक्षित नेपाली चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक भएसँगै प्रेम र विवाहमा पटक–पटक असफल...