Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

बारामा चोरीकाे १२ वटा मोटरसाइकलसहित ७ जना पक्राउ

spot_img
spot_img

वीरगंज । बारा प्रहरीले चोरीका १२ वटा मोटरसाइकलसहित ७ जनालाई  नियन्त्रणमा लिएको छ । जिल्लाको विभिन्न स्थानबाट चोरी भएको १२ मोटरसाइकलसहित सात जनाको गिरोहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

प्रकाउ पर्नेमा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १६ का १९ वर्षीय विर्धोज वाईवा, सोही ठाउँका १९ वर्षीय सुदर्शन बोम्जन, कलैया उपमहानगरपालिका वडा नम्बर २० बस्ने २० वर्षीय दीपेन्द्र कुमार महतो, सोही ठाउँका १९ वर्षीय राधेश्याम महताे, सोही ठाउँका २१ वर्षीय सतेन्द्र कुमार गुप्ता, महागढीमाई नगरपालिका वडा नम्बर ९ का २० वर्षीय राजीनन्द महतो र रौतहट जिल्ला चन्द्रनिगाहपुर नगरपालिका वडा नम्बर २ का २६ वर्षीय पञ्चालाल बलोन रहेका छन् ।

प्रहरीले चोरी भएका बा २६ प ७७५३, ज ११ प ८४९५, ना ५१ प २७९०, ना ५२ प ७१३२, बिआर ०५ एफ ०६०३, बीआर ०५ ए ९०६२, ना ४१ प ८४६८, बा ९० प ५००८, मधेश प्रदेश ०३ ०२६ प ९९५६, बा ६४ प ४६८४ र दुईवटा अन टेस्ट नयाँ मोटरसाइकल नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी निरिक्षक जय कृष्ण प्रसाद कुर्मीले जानकारी दिए ।

मोटरसाइकल चोरी भएको निवेदनको आधारमा खोजतलास गर्दै जाने क्रममा खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा विभिन्न समयमा मोटरसाइकल र मानिस बरामद गरेकाे उनले वताए । 

पक्राउ परेकाहरूलाई चोरी तथा डाँकासम्बन्धी मुद्दामा बारा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भइरहेको बारा प्रहरीले जनाएको छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...