Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

बिग्रेकाे माइस्थान मन्दिर परिसर मर्मत गर्न मेयर सिंहकाे निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंजकाे माइस्थान मन्दिर परिसरको सौन्दर्यकरण विगारेको खानेपानी संस्थानले तत्काल मर्मत गरिदिने भएको छ ।

महानगरका मेयर राजेशमान सिंह बिहीबार बिहान आफैँ मन्दिर परिसरको अवलोकन गर्दै विग्रिएका संरचना तत्काल मर्मत गरिदिन खानेपानी संस्थानलाई निर्देशन दिएका हुन् ।

खानेपानी संस्थानले पानीको पाइप विस्तार गर्ने क्रममा मन्दिर परिसरमा सौन्दर्यकरणका लागि लगाएको पेभर्स निकालेर जथाभावी राखिदिएको थियो ।

मन्दिर सौन्दर्यकरणका लागि आफूहरु लागि परेको भन्दै मेयर सिंहले खानेपानी संस्थानले महानगरसँग समन्वय नै नगरी खनिदिँदा सौन्दर्यकरण विग्रिएको बताए । संस्थानले पाइप लाइन विस्तारको काम गर्दा महानगरसँग समन्वय गरेर मात्रै गर्न पनि उनले निर्देशन दिए ।

पानीको हाहाकार भएका बेला हतारमा काम गर्दा कमजोरी भएको स्वीकार्दै संस्थानका प्रमुख निरण श्रेष्ठले मर्मतको काम तत्काल गरिदिने प्रतिबद्धता जनाए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...