Date
मङ्ल, कार्तिक ११, २०८३
Tue, October 27, 2026

राजनीतिकर्मी कुटिएकाे भन्दै बारामा जारी आन्दाेलन स्थगित

spot_img
spot_img

बारा । राजनीतिककर्मी कुटिएकाे भन्दै बाराकाे कलैयामा एक हप्तादेखि जारि आन्दाेलन स्थगित भएकाे छ । बुधबार भएकाे द्वपक्षिय छलफलमा सहमति भएपछि आन्दाेलन स्थगित भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, बाराको परिसर भित्र प्रहरीद्वारा नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादव र ने.क.पा. एस बाराका उप-सचिव ध्रुव प्रसाद यादवसँग सवारी दुर्घटनाकाे बिषयलाई लिएर छलफलको क्रममा दुर्ब्यवहार गर्ने प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरिक्षक रुपेश साहसंग माफी माग्न लगाउने सहमति भएकाे छ ।

सहमती अनुसार प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहले कांग्रेसका सचिव भैयाराम र ने.क.पा. एसका उपसचिव ध्रुबसँग माफी माग्ने छन् ।

यसैगरी घटनामा संलग्न भएका प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई दुई वर्ष सम्म गणमा राख्ने गरी सरुवा व्यवस्थापन एक हप्ता भित्र गरि सक्ने भएकाे निर्णय प्रहरी कार्यालयमा लेखी पठाउने पनि सहमति भएकाे छ ।

त्यसैगरी उक्त घटनामा घाइते भएका सचिव भैयाराम र  उपसचिव ध्रुवकाे उपचारमा भएको खर्च सरकारले व्यहोर्ने गरी गृह मन्त्रालयसंग माग गर्न लेखी पठाउने निर्णय भएकाे जनाइएकाे छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटाकाे कार्यकक्षमा भएकाे चार बुन्दै सहमतिकाे अन्तिम बुन्दामा बिहिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गर्ने निर्णय भएकाे समेत उल्लेख गरिएकाे छ ।

आन्दाेलनरत पक्षले साेही घटनाकाे बिराेधमा बुधबार कलैया बन्द समेत गरेका थिए । प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई निलम्बन गर्नु पर्ने माग राख्दै आन्दाेलरत पक्ष एक हप्तादेखि चरणबद्ध आन्दाेलनमा थियाे ।  

दुइपक्षिय बैठककाे निर्णय

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...

सरकारविरुद्ध सडकमा उत्रिने तयारीमा वामपन्थी दल

काठमाडौं । मुख्य चाडपर्वहरू समापनको चरणमा पुग्दै गर्दा नेपाली राजनीतिमा सरकार र विपक्षी दलहरूबीचको टकराव बढ्ने संकेत देखिएको छ। सरकारका गतिविधिप्रति असन्तुष्टि जनाउँदै विभिन्न...