Date
बिहि, साउन १४, २०८३
Thu, July 30, 2026

राजनीतिकर्मी कुटिएकाे भन्दै बारामा जारी आन्दाेलन स्थगित

spot_img
spot_img

बारा । राजनीतिककर्मी कुटिएकाे भन्दै बाराकाे कलैयामा एक हप्तादेखि जारि आन्दाेलन स्थगित भएकाे छ । बुधबार भएकाे द्वपक्षिय छलफलमा सहमति भएपछि आन्दाेलन स्थगित भएकाे हाे ।

जिल्ला प्रहरी कार्यालय, बाराको परिसर भित्र प्रहरीद्वारा नेपाली काँग्रेस बाराका सचिव भैयाराम यादव र ने.क.पा. एस बाराका उप-सचिव ध्रुव प्रसाद यादवसँग सवारी दुर्घटनाकाे बिषयलाई लिएर छलफलको क्रममा दुर्ब्यवहार गर्ने प्रहरी नायब उपरिक्षक पुरुषोत्तम प्रसाद पाण्डे र प्रहरी निरिक्षक रुपेश साहसंग माफी माग्न लगाउने सहमति भएकाे छ ।

सहमती अनुसार प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहले कांग्रेसका सचिव भैयाराम र ने.क.पा. एसका उपसचिव ध्रुबसँग माफी माग्ने छन् ।

यसैगरी घटनामा संलग्न भएका प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई दुई वर्ष सम्म गणमा राख्ने गरी सरुवा व्यवस्थापन एक हप्ता भित्र गरि सक्ने भएकाे निर्णय प्रहरी कार्यालयमा लेखी पठाउने पनि सहमति भएकाे छ ।

त्यसैगरी उक्त घटनामा घाइते भएका सचिव भैयाराम र  उपसचिव ध्रुवकाे उपचारमा भएको खर्च सरकारले व्यहोर्ने गरी गृह मन्त्रालयसंग माग गर्न लेखी पठाउने निर्णय भएकाे जनाइएकाे छ ।

बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकाेटाकाे कार्यकक्षमा भएकाे चार बुन्दै सहमतिकाे अन्तिम बुन्दामा बिहिबारदेखि आन्दोलनका सम्पूर्ण कार्यक्रम बन्द गर्ने निर्णय भएकाे समेत उल्लेख गरिएकाे छ ।

आन्दाेलनरत पक्षले साेही घटनाकाे बिराेधमा बुधबार कलैया बन्द समेत गरेका थिए । प्रहरी नायब उपरिक्षक पाण्डे र प्रहरी निरिक्षक साहलाई निलम्बन गर्नु पर्ने माग राख्दै आन्दाेलरत पक्ष एक हप्तादेखि चरणबद्ध आन्दाेलनमा थियाे ।  

दुइपक्षिय बैठककाे निर्णय

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

जनप्रतिनिधि संवादमा नआएपछि जिराभवानी गाउँपालिका अध्यक्षको कार्यकक्षमा ताल्चा

सेढवा । पर्साको जिराभवानी गाउँपालिकाका अध्यक्ष अनोज चौधरीको कार्यकक्षमा स्थानीय युवा तथा सर्वसाधारणले ताल्चा लगाएका छन् । गाउँपालिकाभित्रका विभिन्न जनसरोकारका विषयमा खुला संवादका लागि...

बहुमतको दम्भले सरकार अराजक बन्दैछ, सचेत नभए देश दुर्घटनामा जान्छ : रमेश रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री रमेश रिजालले वर्तमान सरकार बहुमतको दम्भमा अहंकारी र अराजक बन्दै गएको आरोप लगाएका छन् । उनले...

नारायणी अस्पताल पक्ररण : सरकार–चिकित्सक संघबीच पाँचबुँदे सहमति, आन्दोलन स्थगित

वीरगंज । नारायणी अस्पताल, वीरगंजमा उपचारका क्रममा बिरामीको मृत्यु भएपछि उत्पन्न विवाद र त्यसपछि चिकित्सकमाथि भएको कुटपिट तथा दुर्व्यवहारको घटनापछि जारी आन्दोलन अन्त्य गर्न...