Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सडक अतिक्रमण गरेर नगवामा बनाइएकाे संरचना हटाइयाे

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा नम्वर १६ नगवाको नयाँ बस्तीमा सडक अतिक्रमण गरि निर्माण गरिएको संरचना बुधबार महानगरले डोजर लगाएर हटाएको छ ।

स्थानीय रमुना सहनी मलाहले सार्वजनिक सडक अतिक्रमण गरि निर्माण गरेको पर्खाल महानगरले डोजर लगाएर हटाएको हो । आफूले निर्माण गरेको संरचना नहटाउन माग गर्दै अदालत पुगेका सहनीलाई अदालतले उनको विपक्षमा आदेश दिएसँगै अतिक्रमण गरेर निर्माण गरेको संरचना हटाइएको महानगरले जनाएकाे छ ।

सडकको जग्गा मिचेर बनाएको संरचना हटाइएसँगै सडक फराकिलो भएको महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडा नम्वर ५ का वडाध्यक्ष प्रदीप चौरसियाले बताए ।

महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा ३२ वटै वडामा सार्वजनिक ऐलानी जग्गा खोजी तथा अतिक्रमण गरि निर्माण गरिएको संरचना हटाउने काम तिब्र रुपमा अघि बढेको छ । सोही अनुसार बुधबार नगवाको नयाँ गाउँमा सडक अतिक्रण गरेर निर्माण गरिएको संरचना हटाइएको हो ।

अतिक्रमण हटाउन महानगरको भौतिक संरचना अतिक्रमण नियन्त्रण समितिका संयोजक समेत रहेका वडाध्यक्ष चौरसिया, सचिवालय सल्लाहकार हरि पोखरेल, जनसम्पर्क सल्लाहकार नवराज फुयाँल, नगर प्रहरी प्रमुख हरि भुषाल लगायतको उपस्थिती रहेकाे थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...