Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

तराईलाई सुखा ग्रस्त क्षेत्र घोष्णा गर्न सांसद यादवको मांग

spot_img
spot_img

वीरगंज । तराई क्षेत्रमा पानीको समस्या तत्काल सामाधान गर्न पर्सा निर्वाचन क्षेत्र नं १ का सांसद प्रदिप यादवले सभामुख मार्फत सरकारलाई आग्रह गरेका छन ।

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै जनता समाजवादी पार्टीका प्रमुख सचेतक समेत रहेका सांसद यादवले मधेश प्रदेशको वीरगंज लगायत आसपासको क्षेत्रमा पानीको हाहाकार मचिरहेको समयमा सरकारले यस तर्फ ध्यान नदिएको आरोप लगाए ।

चापाकलबाट कुनैबेला ५० फिट १०० फिटमा पानी आउथ्यो तर अहिले ३०० फिट गाडदा पनि पानी नआएको सांसद यादवले बताए । एक थोपा पानीको लागी तराईवासी तडपिरहेको बेला सरकार निरिह भएको उनले आरोप लगाए ।

रातभरी पानीको लागी त्यस क्षेत्रको जन्ता लाईन बस्नु पर्ने र कुन बेला नगरपालिकाको गाडी आउछ र पानी भर्छु त्यस्तो अवस्था रहेको सांसद यादवले भने ।

प्रतिनिधि सभामा बोल्दै पुर्व मन्त्री यादवले तराई क्षेत्रमा पानीको लागी आम जनता तर्सिरहेको अवस्थामा सरकारले आकस्मिक कोषबाट भएपनि पानीको समस्था छिटो भन्दा छिटो समाधान गर्न सभामुख माफर्त सरकारलाई ध्यानार्कषण गराएका छन ।

त्यसतै सांसद यादवले तराई मधेश क्षेत्रलाई सुखा ग्रस्त क्षेत्र घोषणा गरेर त्यस क्षेत्रका किसान र खानेपानीको अभाव भएको स्थानमा तत्काल समस्था सामाधन गर्न आग्रह गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियालाई माफी माग्नु पर्ने सांसद यादवकाे भनाई

त्यसैगरी अर्को प्रसङ्गमा बोल्दै सांसद यादवले प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियालाई माफी माग्न आग्रह गरेका छन् ।

आफूहरुले समयमा नै चुनाव खर्च जिल्ला निर्वाचन कार्यालयमा बुझाएको र सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेपनि प्रमुख आयुक्त थपलियाले खर्च विवरण सार्वजनिक नगरेको भन्दै विज्ञप्ति निकालेको भन्दै माफी माग्न आग्रह गरेका हुन् ।

प्रमुख आयुक्त थपलियाले जनप्रतिनिधिको चरित्र हत्या गरेको भन्दै उनले माफी नमागे मानहानीको मुद्दा लगाउने वा महाअभियोग लगाउने समेत चेतावनी दिए ।

जनप्रतिनिधिको चरित्र हत्या गर्ने गरी प्लानमा, डिजाइनमा प्रमुख आयुक्तले विज्ञप्ति जारी गर्नुभएको छ । जबकी हामीले समयमा नै खर्च विवरण बुझाएका छौं, जिल्ला निर्वाचन कार्यालयमा यसको लेखोट छ र हामीले आफनो फेसबुकमार्फत र सामाजिक सञ्जालमार्फत खर्च विवरण सार्वजनिक गरेका छौं सांसद यादवले भने ।

प्रमुख आयुक्तले जानीजानी र कानुनको आफैं ब्याख्या गरेर जनप्रतिनिधिको चरित्र हत्या गरेको यादवले आरोप लगाए । त्यसैले म यो सदनमार्फत प्रमुख आयुक्तजीलाई माफी माग्न अनुरोध गर्दछु । उनले माफी माग्नुभएन भने त्यस्ता प्रमुख आयुक्तलाई बाध्य भएर कि त मानहानीको मुद्दा ठोक्नुपर्छ अथवा महामभियोग लगाउनुपर्छ सांसद यादवले भने ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...