Date
बिहि, अशोज १, २०८३
Thu, September 17, 2026

वाणिज्य कार्यालय वीरगंजद्वारा ३४५ फर्मकाे दर्ता खारेज

spot_img
spot_img

वीरगञ्ज । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंजले गत आर्थिक बर्षमा ३ सय ४५ फर्महरु खारेज गरेकाे छ । आर्थिक वर्ष २०७९/८० मा ३ सय ३४ प्राइभेट फर्म र ११ साझेदार फर्मको दर्ता खारेज गरिएको वाणिज्य कार्यालयका सूचना अधिकारी दिलीप खाङ्गले जानकारी दिए ।

कार्यालय मातहतका पर्सा, बारा, राैतहट, मकवानपुर, चितवन, सर्लाही, सप्तरीका र सिराहा जिल्लाका फर्मका संचालकहरुले आफलै बन्द गर्न निवेदन दिएपछि वाणिज्य कार्यालयले खारेज गरेकाे उनले जानकारी दिए । 

यस्तै सोही आवमा प्राइभेट र साझेदारी फर्म गरी एक हजार ३ सय ४७ व्यावसायिक फार्म दर्ता भएको जनाइएको छ । सूचना अधिकारी खङ्गका अनुसार सो अवधिमा प्राइभेट फार्म एक हजार तीन सय २३, साझेदारी फार्म २४ दर्ता भएका छन् ।

यस्तै ११ कम्पनी दर्ता भएको जनाइएको छ । सो अवधिमा दुई हजार एक सय ३२ प्राइभेट फार्म र ६७ साझेदार फार्मको नवीकरण गरिएको र एक हजार ३ प्राइभेट तथा २१ साझेदार फर्म संशोधन गरिएको सूचना अधिकारी खङ्गले बताए ।

यसैगरी आर्थिक वर्ष २०७९/८० मा तोकिएको मापदण्ड विपरीत सामान बिक्री गर्ने र अनुमति नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही भएकाे छ ।

आव २०७९/८० मा पाँच सय २७ व्यावसायिक फार्मको अनुगमन गर्ने क्रममा म्याद गुज्रेका सामान बिक्री गर्ने, मूल्यसूची नराख्ने, खरिद बिल नकाट्ने र इजाजत नलिएका ७६ व्यावसायिक फार्ममाथि कारबाही गरिएको वाणिज्य कार्यालयले जनाएको छ ।

सो कार्यालयका अनुसार आव २०७९/८० मा पर्साका ४१, बारा र सिरहाका १०/१०, मकवानपुरका पाँच, सर्लाहीका चार, सप्तरी र चितवनका तीन/तीन व्यावसायिक फार्ममाथि कारबाही गरिएको छ ।

व्यावसायिक फर्ममाथि गरिएको कारवाहीबाट रु १७ लाख ८६ हजार राजस्व सङ्कलन भएको वाणिज्य कार्यालयले जनाएकाे छ । अनुगमनका क्रममा विभिन्न व्यावसायिक फर्मबाट म्याद गुज्रेको बियर, रेडबुल, स्प्राइट, कोक, भुजा, चिउरा, मह, दालमोठ, पापड, बेसनलगायतका रु ६४ लाख १८ हजार नौ सय ६७ मूल्य बराबरका सामान नष्ट गरिएकाे कार्यालयकाे प्रगति प्रतिवेदनमा उल्लेख गरिएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा बेवारिसे भारतिय कारबाट ४ थान पेस्तोल र ६ राउन्ड गोली बरामद

वीरगंज । पर्साको वीरगंज महानगरपालिका–१५ बास्तूबिहार चोकबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा रहेको कारबाट ४ थान पेस्तोल र ६ थान गोली बरामद गरेको छ । सशस्त्र...

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ । जापानमा जारी २०औँ संस्करणको एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला भलिबल टोलीले आज इन्डोनेसियाविरुद्ध खेल्दैछ । नेपाल र इन्डोनेसियाबीचको खेल अपराह्न ४:०० देखि कोमाकीस्थित पार्क...

अठार दिनपछि कृष्णभिरको सडकमा दुईतर्फी यातायात सेवा सञ्चालन

चितवन । अठार दिनपछि पृथ्वी राजमार्गमा यातायात सेवा आजविहानदेखि पुनःसञ्चालनमा आएको छ । यही भदौ १४ गते कृष्णभिरमा बाढीले सडक बगाएपछि यातायात सेवा प्रभावित...