Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

पकहाँ मैनपुरबाट चरेशसहित पासवान पक्राउ

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नं. ५ सबैठवाबाट लागू औषध चरेससहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कालिकामाई गाउँपालिका वडा नं. १ मूडली निवासी ४४ वर्षीय प्रेम पासवान रहेकाे इलाका प्रहरी कार्यालय पाेखरियाले जनाएकाे छ ।

सशस्त्र प्रहरी बल बिओपी लहावरथकरीले माेटरसाइकलमा नेपालबाट भारत तर्फ जादै पासवानलाई लागु औषध चरेशसहित आइतबार दिउसाे २ बजे नियन्त्रणमा लिएकाे हाे । पासवान सवार ना ३० प ४४४३ नम्बरको मोटरसाइकल राेकी चेकजाँ गर्ने क्रममा माेटरसाइकलकाे सिटमुनी लुकाएर राखेकाे ५ किलाे ७ सय ग्राम (२२ प्याकेट) चरेश बरामद भएकाे प्रहरीले जनाएकाे छ । 

सशस्त्र प्रहरी लहावरथकरीले लागु औषध चरेस र मोटरसाइकलसहित साेमबार नै आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय पाेखरियामा बुझाइएकाे जनाएकाे छ । 

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नारायणी अस्पताल प्रकरण : ३ दिनपछि वडा अध्यक्ष आशुतोष चतुर्वेदी रिहा

वीरगंज । वीरगंज महानगरपालिका–२५ का वडा अध्यक्ष आशुतोष चतुर्वेदी नारायणी अस्पताल कुटपिट प्रकरणमा पक्राउ परेको तीन दिनपछि बिहीबार साँझ रिहा भएका छन् । नारायणी अस्पतालमा...

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...