Date
शुक्र, साउन १५, २०८३
Fri, July 31, 2026

प्रहरीबाट कुटिएको भनिएका यादवको पहिलादेखि नै मेरुदण्डको समस्या

spot_img
spot_img

वीरगंज । बारा प्रहरीबाट कुटिएको भनिएका राजनीतिकर्मी भैयाराम यावदको मेरुदण्डको समस्या पहिलादेखि नै रहेको पाइएको छ । छलफलको क्रममा उत्पन्न विवादलाई साम्य पार्न प्रहरीले भीडलाई बाहिर निकाल्न खोज्दा प्रहरी र राजनीतिकर्मीबीच धक्काधुक्की भएको थियो ।

सोही क्रममा आफूलाई बाराका डिएसपी पुरुषोत्तम पाण्डे र इन्स्पेक्टर रुपेश साहले कुटपिट गरेको र सोबाट मेरुदण्डमा समस्या देखिएको आरोप लगाएका यादवको मेरुदण्डको समस्या विगत लामो समयदेखि रहेको पाइएको हो ।

यादव विगत लामो समयदेखि मेरुदण्डको समस्या लिएर काठमाडौंदेखि दिल्लीसम्म उपचार गराएको उनकै सामाजिक सञ्जालमा पोष्ट्याइएको तस्विरबाट पुष्टि भएको छ । यादव सन् २०१९ मा मेरुदण्डको समस्या लिएर भारतको दिल्ली स्थित मेदान्ता हस्पिटलमा उपचार गराएको सामाजिक सञ्जालबाट पुष्टि भएको हो ।

उनले सन् २०१९ जुलाई ५ तारेखका दिन भारतको दिल्ली स्थित मेदान्ता अस्पतालबाट आफ्नो परिवार सहित फोटो पोष्ट गरेका छन् । जसमा लेखिएको छ ‘नव जीवन प्राप्ति पश्चात तेश्रो पटक डाक्टरलाई भेटेपछि हामी दुईटैले सल्लाह गर्यौ….’ ।

यसैगरि यादवले सन् २०१९ डिसेम्बर १३ तारेखमा फोटो पोष्ट्याई लेखेका छन् ‘नयाँ जीवन दाता डा. सुशान्त भुयान मेदानता हस्पिटल दिल्ली, आफ्नो विरामीलाई देख्दा डाक्टर खुशी हुँदा म पनि…..’ । यस पोष्टबाट पनि उनी विगत लामो समयदेखि मेरुदण्ड समस्याबाट ग्रसित रहेको र गम्भिर अवस्थाबाट पुनः नयाँ जीवन पाएका छन् ।

यसरी उनी पटक पटक डाक्टरलाई भेटेर उपचार गराएका छन् । त्यती मात्रै नभई उनी मेरुदण्डको समस्या लिएर करिब २ वर्ष अगाडि काठमाडौं स्थित बि.एन.बि. अस्पतालमा करिब अढाई महिनासम्म भर्ना भई उपचार गराएका छन् । यसरी लामो समयदेखिको समस्यालाई अहिले ‘समसामयिक इसु’ बनाई बारा प्रहरीमाथि राजनीतिकरण गरिँदैछ ।

आफूमाथि कुटपिट भएको नाममा नेपाली कांग्रेस बाराका सचिव समेत रहेका यादवले पुराना समस्याहरुलाई देखाई उपचारका लागि दिल्लीसम्म जाने तयारीमा रहेका छन् । यता कुटपिट भएकाे विराेधमा उनका समर्थकले आन्दाेलन समेत गरिरहेका छन् ।

जबकी बारा प्रहरीले दुबै पक्षबाट कमि कमजोरी भएको हुन सक्ने भन्दै घटनाको निन्दा गरि सकेको छ । आफ्नो कर्मचारीबाट गल्ती भए कारवाही गर्ने प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले विश्वास दिलाई सकेका छन् । त्यसको साथसाथै प्रदेश प्रहरी प्रमुखको संयोजकत्वमा छानविन समिति पनि गठन भइसकेको छ ।

असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र सवारी चालक नभएका मोटरसाइकल चालक घाइते भएका थिए ।

सो घटनाको विषयमा अस्थायी प्रहरी चौकी कलैया बसपार्कमा छलफल भई समाधान भइसकेकोमा पुनः जिल्ला प्रहरी कार्यालयमा साउन २ गते बेलुका छलफल हुने क्रममा आफ्नो पक्षमा पार्न दबाब दिन खोज्दा तथा होहल्ला गर्दा विवाद उत्पन्न भएको थियो । विवादको क्रममा आफूमाथि डिएसपी र इन्स्पेक्टरले कन्ट्रोलमा राखेर कुटपिट गरेको र त्यही कुटपिटबाट आफ्नो मेरुदण्डमा समस्या देखिएको राजनीतिकर्मी यादवको आरोप छ ।

spot_img
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

शान्ति, सद्भाव र राष्ट्रिय एकता कायम राख्न रास्वपा नेता चौरसियाको आग्रह

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता योगेन्द्र चौरसियाले मधेशमा पछिल्ला दिनमा विकसित घटनाक्रमप्रति गहिरो चिन्ता व्यक्त गर्दै सम्पूर्ण नागरिकलाई शान्ति, सद्भाव र...

दोषीमाथि कडा कारबाही हुन्छ, अफवाह नफैलाउन प्रधानमन्त्री शाहको आग्रह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले सुनसरीको देवानगञ्ज, सिरहालगायत विभिन्न स्थानमा भएका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै देशका केही जिल्लामा उत्पन्न संवेदनशील अवस्थालाई लिएर नेपाल...

पर्सावासीलाई प्रशासनको अपिल : निषेधाज्ञाको पूर्ण पालना गर्न र अफवाह नफैलाउन आग्रह

वीरगञ्ज । जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुरक्षा, सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्न सम्पूर्ण पर्सावासीलाई निषेधाज्ञाको पूर्ण पालना गर्न तथा अफवाह...