Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजबाट सर्टगनको गोली सहित भारतीय नागरिक पक्राउ

spot_img
spot_img

वीरगंज । पर्सा प्रहरीले वीरगंजबाट सर्टगनको गोली सहित एक जना भारतीय नागरिक पक्राउ गरेकाे छ । प्रहरी चौकी बसपार्कबाट खटिएको नियमित चेकिङ टोलीले भारत विहार पश्चिमी चम्पारण जिल्ला वेतिया ग्राम लगुनाहा वडा नं.१४ बस्ने वर्ष २२ को मुरारी कुमार कुशवाहालाई नियन्त्रणमा लिएकाे हाे ।

आइतबार राति ‍९:३० बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं.१६ भानुचोक स्थित सडकखण्डमा  चेकिङ टोलीले चेकजाँच गर्ने क्रममा संकास्पदरूपमा हाँतमा झोला बोकी पैदल हिँडि बसपार्कतर्फ आउदै गरेको अवस्थामा कुशवाहाकाे खानतलासी गर्दा सर्टगनको १९ राउण्ड गाेली फेला परेको प्रहरीले जनाएकाे छ ।

कुशवाहाकाे साथबाट १२ शक्तिमान १२ एक्सप्रेस लेखिएको सर्टगनको गोली राउण्ड १५ थान, केएफ १२ लेखिएको सर्टगनकै गोली राउण्ड ३ थान र १२ केएफ १२९६ लेखिएको राउण्ड १ थान गाेली फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले जानकारी दिए ।

उक्त गोली सहित कुशवाहालाई नियन्त्रणमा लिई निज विरुद्द हातहतियार तथा खरखजाना सम्बन्धी कसूरमा थप अनुसन्धान भइरहेकाे उनले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

चितवनबाट सिलिन्डर धमाधम काठमाडौँमा

चितवन । चितवनका ग्यास व्यवसायीले भरिएका सिलिन्डर धमाधम काठमाडौँ पठाइरहेका छन् । चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका उद्योगले राजधानीमा एलपी ग्यास...

जिराभवानीमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

सेढवा । पर्साको जिराभवानी गाउँपालिकामा बाघको आक्रमणबाट एक वृद्धको मृत्यु भएको छ । जिराभवानी गाउँपालिका–२, काठमाडौँ टोलका ७० वर्षीय नथुनी मिर्दाहा थारुको बाघको आक्रमणबाट मृत्यु...

भेडियाहीमा रोकिएको यातायात कार्यालय भवन निर्माण तत्काल अघि बढाइने

वीरगंज । वीरगंज महानगरपालिका–१५ भेडियाहीमा निर्माण रोकिएको यातायात व्यवस्था कार्यालयको भवनको काम पुनः अघि बढाउने तयारी भएको छ। श्रम तथा यातायात मन्त्री शारदा देवी थापाको...