Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

खानेपानीको समस्या समाधान गर्न हामी लागेका छौँ : मेयर सिंह

spot_img
spot_img

वीरगंज । ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरले वीरगंज १० स्थित आदर्शनगर चोकमा जडान गरेको नि:शुल्क खानेपानी मेसिनको साेमबार उद्घाटन गरिएको छ ।

रूङ्गटा वेलफेयर सोसाइटीको आर्थिक सहयोग र सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत केन्द्रको सहजीकरणमा आदर्शनगर चोकमा जडित नि:शुल्क चिसो खानेपानी मेसिन, पानी ट्याङ्की, मिटर र मोटरको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका हुन् । 

सोमबार आयोजित एक कार्यक्रमका बिच प्रमुख अतिथिसमेत रहेका मेयर सिंहले रिबन काटेर खानेपानी मेसिनको उद्घाटन गरेको ग्रिन सिटी सामुदायिक सेवा केन्द्रका अध्यक्ष जयप्रकाश खेतानले बताए ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर सिंहले वीरगंजमा हाल जारी पानी सम्बन्धी समस्याबाट जडित मेसिनले थोरै भए पनि राहत मिल्ने विश्वास व्यक्त गरे । ‘प्रतिकूल मौसम र भू-जल साबिकको सतहभन्दा तल झर्दा वीरगंजसहित तराई-मधेसका अधिकांश स्थानमा देखिएको खानेपानीको समस्यालाई समाधान गर्न हामी लागेका छौँ,’ उनले भने, ‘आज यहाँ जडान गरिएको नि:शुल्क खानेपानी मेसिनबाट थोरै भए पनि स्थानीयहरूलाई राहत मिल्ने मेरो विश्वास छ ।’

आगामी दिनहरूमा वीरगंजका अन्य स्थानमा पनि यस्तै नि:शुल्क खानेपानी मेसिन जडान गरिने उनले प्रतिबद्धता पनि व्यक्त गरे ।

मेयर सिंहले खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि वीरगंज महानगरले ट्याङ्करबाट खानेपानी वितरणको गर्दै आएको बताउँदै भने, ‘हिजोदेखि वीरगंज महानगरपालिकाले अत्यावश्यक स्थानहरूमा ट्याङ्की र धारा जडान गर्ने कार्यलाई तीव्रता दिएका छ । खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्बर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा ट्याङ्कीमार्फत अस्थायी रूपमा पिउने पानीको व्यवस्था मिलाउन सुरु गरिएको हो ।’ 

महानगरले आइतबार वडा नम्बर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको ट्याङ्की राखेर पिउने पानीको प्रबन्ध मिलाएको उनले बताए । यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरूमा जडान गर्ने कार्य पनि आजदेखि सुरु भएको उनले जानकारी दिए ।  

उनले भने, ‘खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने ट्याङ्की नै राख्ने प्रबन्ध मिलाइएको छ ।’ उनले केही दिनभित्रै ३२ वटै वडामा आफूहरूले धारा जडान गर्नुका साथै ट्याङ्की राखिसक्ने गरी काम गरिरहेको बताए ।

केन्द्रका अध्यक्ष जयप्रकाश खेतानको सभापतित्वमा भएको कार्यक्रममा महानगरका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मि पाैडेल, वडा प्रहरी बिर्ताका प्रहरी निरीक्षक विदुर प्रसाद सिवाकोटी, रूङ्गटा वेलफेयर सोसाइटीका अध्यक्ष सुरेश रूङ्गटा,  वीरगंज महानगरपालिका अन्तर्गतको सरसफाइ व्यवस्थापन शाखाका प्रमुख सर्फुदीन मियाँ, ग्रिन सिटी सामुदायिक केन्द्रका मुरली जलान, राकेश अग्रवाल, सुशील काद्म्बीय, कैलाश बजाज लगायातको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...

दुई सातादेखि बेपत्ता विवेकको शव सेफ्टी ट्यांकीमा भेटियो, दुई जना पक्राउ

जनकपुरधाम । महोत्तरीमा करिब दुई सातादेखि बेपत्ता रहेका एक युवकको शव घरको शौचालयस्थित सेफ्टी ट्यांकीबाट फेला परेको छ। भंगहा नगरपालिका–६ बिर्जौनी टोलका २५ वर्षीय विवेक...

आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गरिनेछ : मन्त्री पोखरेल

जनकपुरधाम । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकारले तयारी गरिरहेको बताउनुभएको छ । मधेस प्रदेश सरकारको शिक्षा तथा...