Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगंज महानगर

spot_img
spot_img

वीरगंज । खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि ट्यांकरबाट खाने पानी वितरण गर्दै आएको वीरगंज महानगरपालिकाले अत्यावश्यक स्थानहरुमा टंकी र धारा जडान गर्ने कार्यलाई तिब्रता दिएको छ ।

खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्वर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा टंकीमार्फत अस्थायी रुपमा पिउने पानीको व्यवस्था मिलाउन महानगरले सुरु गरेकाे हो ।

घरघरमा रहेका चापाकल सुकेर पानीको समस्यासँग जुधिरहेका नागरिकलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले निर्देशन दिएका छन् ।

महानगरले आइतबार वडा नम्वर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको टंकी राखेर पिउने पानीको प्रबन्ध मिलाएको छ ।

यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरुमा जडान गर्ने कार्य सोमबारदेखि नै सुरु गर्ने गरि आवश्यक सबै प्रकृया मिलाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने टंकी नै राख्ने प्रबन्ध मिलाइएको पनि उनले बताए ।

ग्रमी मौसममा चापाकल सुकेपछि अरु कुनै पानीको स्रोत नभएकाहरुको जनजीवन कष्टकर हुँदै गएकाले महानगरले नगरवासीको जनजीवन सहज बनाउन आवश्यक व्यवस्था मिलाउन थालिएकाे जनाएकाे छ ।

केही दिनभित्रै ३२ वटै वडामा आफूहरुले धारा जडानका साथै टंकी राखिसक्ने गरी काम गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

यस्तै वडा नम्वर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले भने आफ्नो व्यक्तिगत खर्चमा टंकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाएका छन् ।

सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्यांकी मार्फत ठाउँठाउँमा पानीको प्रबन्ध मिलाएको उनले बताए ।

महानगरको मात्रै मुख ताक्न नहुने भन्दै उनले भने ‘सबै जनप्रतिनिधि, उद्योगी व्यवसायी साथमा साथ मिलाएर अघि बढे यस्ता विपत्तिहरु सहजै सामना गर्न सकिन्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...