Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

ठाउँठाउँमा टंकी राखेर खानेपानीको प्रबन्ध मिलाउँदै वीरगंज महानगर

spot_img
spot_img

वीरगंज । खानेपानीको समस्यासँग जुधिरहेका नगरवासीका लागि ट्यांकरबाट खाने पानी वितरण गर्दै आएको वीरगंज महानगरपालिकाले अत्यावश्यक स्थानहरुमा टंकी र धारा जडान गर्ने कार्यलाई तिब्रता दिएको छ ।

खानेपानी संस्थानको पाइपलाइन विस्तार भएको वडा नम्वर १ देखि १७ र १९ मा धारा जडान गर्नुका साथै पाइपलाइन नपुगेका स्थानमा टंकीमार्फत अस्थायी रुपमा पिउने पानीको व्यवस्था मिलाउन महानगरले सुरु गरेकाे हो ।

घरघरमा रहेका चापाकल सुकेर पानीको समस्यासँग जुधिरहेका नागरिकलाई तत्काल आवश्यक पानीको व्यवस्था मिलाउन महानगरका मेयर राजेशमान सिंहले निर्देशन दिएका छन् ।

महानगरले आइतबार वडा नम्वर १ र १५ को सार्वजनिक स्थानमा १० हजार लिटरको टंकी राखेर पिउने पानीको प्रबन्ध मिलाएको छ ।

यस्तै खानेपानी संस्थानको धारा सार्वजनिक स्थानहरुमा जडान गर्ने कार्य सोमबारदेखि नै सुरु गर्ने गरि आवश्यक सबै प्रकृया मिलाइसकेको महानगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद पौडेलले जानकारी दिए ।

खानेपानी पाइपको लाइन भएका क्षेत्रमा सार्वजनिक चोक तथा बढी चाँप भएका स्थानमा धारा जडान गर्नुका साथै पाइपलाइनले नछोएका वडा तथा स्थानमा भने टंकी नै राख्ने प्रबन्ध मिलाइएको पनि उनले बताए ।

ग्रमी मौसममा चापाकल सुकेपछि अरु कुनै पानीको स्रोत नभएकाहरुको जनजीवन कष्टकर हुँदै गएकाले महानगरले नगरवासीको जनजीवन सहज बनाउन आवश्यक व्यवस्था मिलाउन थालिएकाे जनाएकाे छ ।

केही दिनभित्रै ३२ वटै वडामा आफूहरुले धारा जडानका साथै टंकी राखिसक्ने गरी काम गरिरहेको पनि प्रमुख प्रशासकीय अधिकृत पौडेलले बताए ।

यस्तै वडा नम्वर २५ का वडाध्यक्ष आशुतोष चतुर्वेदीले भने आफ्नो व्यक्तिगत खर्चमा टंकी राखेर वडाका बासिन्दालाई पानीको व्यवस्था मिलाएका छन् ।

सबैको प्रयास र हातेमालोबाट मात्रै प्राकृतिक विपत्तिको सामना गर्न सकिने भएकाले वडावासीका लागि आफ्नै लगानीमा १० हजार लिटरको ट्यांकी मार्फत ठाउँठाउँमा पानीको प्रबन्ध मिलाएको उनले बताए ।

महानगरको मात्रै मुख ताक्न नहुने भन्दै उनले भने ‘सबै जनप्रतिनिधि, उद्योगी व्यवसायी साथमा साथ मिलाएर अघि बढे यस्ता विपत्तिहरु सहजै सामना गर्न सकिन्छ ।’

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...