Date
बिहि, अशोज १५, २०८३
Thu, October 1, 2026

पर्सा ट्राफिक प्रहरीकाे दादागिरी, महिनवारी नदिने गाडी चल्न नदिने

spot_img
spot_img

वीरगंज । पर्सामा ट्राफिक प्रहरीले महिनावारी नदिने ठूला सवारी साधनकाे अवागमनमा अवराेध पुर्याइरहेका छन् । ट्रिपर, ट्रक लगायतका मालवाहक सवारी साधन संचालनमा पर्सा ट्राफिक प्रहरीले अवराेध पुर्याउने गरेकाे सवारी धनिहरुले वताएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा मातहतमा खटिने वीरगंजकाे पावर हाउस चाैक, परवानीपुर, ड्राइपाेर्ट, पाेखरिया लगायतका ट्राफिक प्रहरीले ठुला सवारी साधनहरुबाट महिनवारी बुझ्ने गरेका छन् । महिनवारी नदिने गाडीहरुलाई ट्राफिक प्रहरीले विभिन्न वहानामा दु:ख दिने गरेकाे सवारी चालकहरुले गुनासाे गरेका छन् ।

विशेष गरेर भारतिय गाडीहरुलाई राेकेर विभिन्न वहानामा विना रसिद अवैध रकम असुल्ने गरेका छन् । दिनहु चल्ने नेपाली ठुला सवारी साधनहरुले ट्राफिक प्रहरीकाे झमेलाबाट मुक्ति पाउन महिनवारी नै बझाउनु पर्ने बाध्यता रहेकाे छ । महिनवारी नदिने गाडीहरुकाे कागज पत्र लिएर पैसा दिन बाध्य बनाउने गरेका छन् ।

यस बिषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा प्रमुख प्रहरी निरिक्षक मणिराम थापालाई जानकारी हुँदा पनि एक्सन नलिनु उनकाे सलंग्नता पनि रहेकाे प्रमाणित हुन थालेकाे छ । ठुला सवारी साधनबाट असुली हुने अवैध रकमबाट प्रहरी निरिक्षक थापालाई समेत आउने गरेका कारण उनी केही नगरेकाे ट्राफिक प्रहरी स्राेतले नै जनाएकाे छ ।

यस्ता गुनासाहरु लिएर सेवाग्राहीहरु कार्यालयमा पुग्दा प्रमुख प्रहरी निरिक्षक थापा कार्यालय मै भेटिदैन । फाेन गर्दा कहिले काँही त फाेन नै उठदैनन्, फाेन उठेपनि आफु बाहिर कार्यक्रममा रहेकाेले पछि आउन भन्ने गरेकाे सेवाग्राहीहरुकाे भनाई छ ।

एक महिना पहिला पाेखरियामा खटिएका रामसय यादव भनिने ट्राफिक प्रहरीले एउटा ट्रिपरकाे परमिट लिएका थिए । पाेखरिया रुटकाे परमिट नरहेकाे भन्दै अरु रुटकाे परमिट खाेसेका ट्राफिक प्रहरीसंग पछि परमिट माग्दा जिल्लामा बुझाएकाे वताएका थिए । पाेखरियाकाे परमिट नपाउने गरेका कारण त्यहाँकाे परमिट नलिएकाे सवारी धनीले वताए ।

परमिटकाे लागि सवारीधनीले जिल्ला ट्राफिक प्रहरी कार्यालयमा पुग्दा यातायात कार्यालयमा बुझाइएकाे त्याँहा कार्यरत कर्मचारीले वताए । सवारीधनी यातायात कार्यालय पुग्दा त्यहाँका कर्मचारीहरु यहाँ जिल्लाबाट तपाईकाे परमिट नआएकाे वताए । पछि पुन: सवारीधनी जिल्लामा पुग्दा जिल्ला ट्राफिक प्रहरी कार्यालयमा रहेका ट्राफिक प्रहरी उनीसंग कुरा गर्न चाहेनन् । 

यी गुनासाेहरु सुनाउन कार्यालय प्रमुख प्रहरी निरिक्षक थापाकाे कार्यकक्षमा सवारी धनी पुग्दा उनी भेटिएनन् । अब उनी कहाँ जाने भनेर दिक्क लागेर घर फिर्ता भए । उनले खाेसिएकाे परमिट फिर्ता गर्न धेरै ट्राफिक प्रहरीले दु:ख दिएकाे गुनासाे गरे । याे त उदाहरण पात्र घटना मात्र हुन । यस्ता थुप्रै गुनासाेहरु छन् । यसबाट सहजै ट्राफिक प्रहरीकाे नियत बारे अनुमान गर्न सकिन्छ ।  

यस बिषयमा बुझ्न सम्बन्धित ट्राफिक प्रहरी यादवसंग फाेनमा सम्पर्क गर्दा उनले परमिट आफुले दिइसकेकाे वताउँदै अहिले आफु एउटा पंचायतीमा रहेकाेले पछि कुरा गर्ने वताए । पर्सा ट्राफिक प्रहरी प्रमुख थापासंग फाेनमा सम्पर्क गर्न खाेज्दा उनकाे फाेन नउठेर सम्पर्क हुन सकेन । 

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साका चार पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर

वीरगंज । पर्साका चार स्थानीय तहमा नयाँ प्रमुख प्रशासकीय अधिकृत हाजिर भएका छन् । पटेर्वा सुगौली, धोबिनी, छिपहरमाई र पकाहाँमैनपुर गाउँपालिकामा नयाँ प्रमुख प्रशासकीय...

ज्ञानसागर दलित विद्यालयका ११२ बालबालिकालाई कपडा सहयोग

वीरगञ्ज । पर्साको बिन्दवासिनी गाउँपालिका–१, गर्दौलस्थित ज्ञानसागर दलित प्राथमिक विद्यालयमा अध्ययनरत आर्थिक रूपमा विपन्न परिवारका बालबालिकालाई होसेक प्रतिष्ठान नेपालले कपडा सहयोग गरेको छ। प्रतिष्ठानले बिहीबार...

साली हत्या आरोपमा एमाले नेता जालिम मियाँका कान्छा छोरा जाफिर पनि पक्राउ

वीरगंज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका कान्छा छोरा जाफिर मियाँ मन्सुरी पनि पक्राउ परेका छन् । ज्यानसम्बन्धी कसुर...