Date
शुक्र, जेष्ठ २९, २०८३
Fri, June 12, 2026

बारा प्रहरीबाट नेता कुटिएकाे भन्दै आन्दाेलन, राजनीति भयाे : प्रहरी

spot_img
spot_img

वीरगंज । जिल्ला प्रहरी कार्यालय बारामा राजनीतिककर्मी कुटिएकाे विवाद आन्दाेलनकाे रुप लिएकाे छ । प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डे र प्रहरी निरीक्षक रुपेश साहबाट राजनीतिकर्मी कुटिएको घटनाले आन्दोलनको रुप लिएको हाे । घटनालाई लिएर कलैयामा दिनहुँ आन्दोलन भइरहेको छ ।

शनिबार नेपाली काँग्रेसका कार्यकर्ताहरुले कलैयाकाे भरतचौक स्थित टायर बालेर विरोध प्रदर्शन गर्नुका साथै प्रहरी नायब उपरीक्षक पाण्डे र प्रहरी निरीक्षक साहको कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समिति बाराका सचिव भैयाराम यादवले आफूलाई जिल्ला प्रहरी कार्यालय भित्रै प्रहरीले कुटपिट गरेको आरोप लगाएका छन् । तर बारा प्रहरीले यादवले आरोप लगाए जस्तो कुनै किसिमको कुटपिट नभएको दाबी गर्दै आएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक पुरुषोत्तम पाण्डेले यादवमाथि आफू लगायत कुनै प्रहरीले कुटपिट नगरेको दाबी गरेका छन् । उनले विवाद साम्य पार्न खोज्दा यादवको साथमा भएको कार्यकार्यकर्ताहरुले प्रहरीमाथि नै जाइलागेपछि यादवलाई केहीबेर नियन्त्रणमा लिएर छाडिएको बताए ।

छलफल हुने बेलामा आफू त्यहाँ नरहेको तर कार्यालयमै ल्याएर डिएसपीले कुटेको लगाइएको आरोप निराधार रहेको डिएसपी पाण्डेको भनाई छ । यादवलाई कुनै किसिमको कुटपिट भएको छैन, बढि होहल्ला भएपछि विवादलाई साम्य पार्नको लागि तिनीहरुलाई बाहिर निकालिएको हो, तर यो कुरालाई राजनीतिकरण गरिएको र अनावश्यक रुपमा प्रहरीलाई बद्नाम गर्न खोजिएको डिएसपी पाण्डेले बताए ।

यसबारे जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले आफ्नो अनुपस्थितिमा प्रहरी र राजनीतिकर्मीबीच भएको घटनाप्रति दुःख व्यक्त गरे । उनले दुर्घटनाको क्रममा घाइते भएकालाई उपचारको खर्च मिलाउने क्रममा भनाभन हुँदा डिएसपीको निर्देशनमा बाहिर निकाल्न भन्दा (पहिलादेखि नै मेरुदण्डको समस्या रहेका) जिल्ला सचिव यादव हिँड्न नसक्दा धक्का भएको हुन सकेको बताए ।

उनले मधेश प्रदेश प्रहरी प्रमुखको कमाण्डमा छानविन समिति गठन भइसकेको छ, त्यसले दिएको प्रतिवेदनको आधारमा दोषीमाथि कारवाही हुने बताए । हामी संयमित हुनुपर्छ, त्यसको साथसाथै घटना मिलाउने पक्षपनि संयमित हुनुपर्ने प्रहरी उपरीक्षक बोगटीको भनाई छ ।

प्रहरी कार्यालयभित्र यस्ता घटना परिस्थिति हुनु हुँदैन, कानून कार्यान्वयन गराउने प्रहरी नै यस्ता कार्यहरुमा संलग्न हुनु हुँदैन, यदि संलग्न छ भने ढाकछोप पनि गर्नुहुँदैन भन्दै प्रहरी उपरीक्षक बोगटीले यसमा दोषी देखिए गल्ती गर्ने प्रहरी कर्मचारीलाई विभागीय कारवाही हुने विश्वास व्यक्त गरे । थप कारवाहीको लागि उहाँहरुलाई प्रदेश प्रहरी कार्यालयमा पठाइसकिएको बताए ।

जिल्ला प्रहरी कार्यालय भित्र यस्ता परिस्थिति उत्पन्न भए नागरिकको सेवामा खटेका प्रहरीलाई सेवा दिन कठिनाई हुने बताए । यता प्रहरीबाट कुटिएको भनिएका नेपाली काँग्रेस जिल्ला सचिव भैयाराम यादवको वीरगंज स्थित मल्टिस्पेशलिटी अस्पतालमा भर्ना भएका छन् ।

असार १२ गते रोकेर राखिएको पिकअप भ्यानमा पछाडिबाट मोटरसाइकलले ठोकेको थियो र सवारी चालक नभएका मोटरसाइकल चालक घाइते भएका थिए । सो घटनाको विषयमा अप्र चौकी कलैया बसपार्कमा छलफल भई समाधान भइसकेकोमा पुनः जिल्ला प्रहरी कार्यालयमा साउन २ गते बेलुका छलफल हुने क्रममा आफ्नो पक्षमा पार्न दबाब दिन खोज्दा तथा होहल्ला गर्दा विवाद उत्पन्न भएको थियो ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सिर्सिया नदी प्रदूषणमा उद्योग मन्त्रालयको चासो, मापदण्ड उल्लंघन गर्नेलाई कडा कारबाहीको चेतावनी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वीरगंजस्थित सिर्सिया नदी करिडोर क्षेत्रमा सञ्चालित उद्योगहरूबाट फोहोर पानी प्रशोधन नगरी वा मापदण्डविपरीत नदी तथा खोलामा सिधै...

पर्सागढीमा किशोरी लक्षित शिक्षा तथा आत्मनिर्भरता कार्यक्रमको संयुक्त अनुगमन

सेढवा । क्याप्टिभेटिङ इन्टरनेशनल फाउन्डेसन (सीआईएफ) को सहयोग तथा आसमान नेपालको आयोजनामा सञ्चालित शिक्षा, स्वास्थ्य तथा आत्मनिर्भरता कार्यक्रम (४) अन्तर्गत पर्साको पर्सागढी नगरपालिकामा संयुक्त...

मधेशमै सबैभन्दा कम बेरुजु हुने पालिका बन्यो परवानीपुर गाउँपालिका

वीरगंज । महालेखापरीक्षकको कार्यालयद्वारा सार्वजनिक गरिएको ६३औँ वार्षिक प्रतिवेदन २०८३ अनुसार पर्साको परवानीपुर गाउँपालिका मधेश प्रदेशकै सबैभन्दा कम बेरुजु हुने स्थानीय तह बनेको छ...