Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

कुटपिट गर्नेमाथि कारवाहीकाे माग गर्दै प्रदर्शन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं. ३ छपकैयामा भएकाे कुटपिटकाे घटनाकाे दाेषी माथि कारवाहीकाे माग गर्दै शनिबार वीरगंजमा प्रदर्शन भएकाे छ ।

स्थानिय युवाहरु बिहीवार दिउँसो सो वडाको कैलाश कोल्ड स्टोरेजनजीक बाटोमा गाडी रोकिएको विषयलाई लिएर गरेकाे गाडी धनी लगायतलाई कुटपिट गर्ने समुह माथि कारवाहीकाे माग गर्दै प्रदर्शन गरेका हुन् ।

वीरगंजकाे घण्टाघरबाट निस्केकाे विराेध प्रर्शन वीरगंज बजार क्षेत्रकाे परिक्रममा पछि पुन: घण्टाघर मै पुगि काेण सभामा परिणत भएकाे थियाे ।

काेण सभामा वाेल्ने वक्ताहरुले कुटपिट गर्ने ८ जना विरुद्ध किटानी जाहेरी दिइएपनि प्रहरीले हाल सम्म तीन जनालाई मात्र पक्राउ गरेकाेले वाकी ५ जनालाई पनि पक्राउ गरि कारवाही अगाडी बढाउनु पर्ने माग गरे ।

पक्राउ पर्नेमा छपकैया निवासी अजुरद्दीन अन्सारी, साहिल राजा लगायतका रहेका छन् । उनीहरूमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक दीपक गिरीले बताए । 

पक्राउ परेका युवकहरूले गाडी धनीलगायत निजका आफन्तहरूमाथि कुटपिट, दुर्व्यवहार गरेका थिए । ती युवाहरूले सो कार्य जानाजान गरेको देखिएपछि प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।

उनीहरूले गरेको कुटपिटको घटना भिडियो फुटेजमार्फत सार्वजनिक भएको थियो र सोमा युवकहरू दोषी देखिएपछि प्रहरीले पक्राउ गरेको हो ।

यो घटनालाई शनिबार वीरगंजमा प्रदर्शन हुने जानकारी प्राप्त हुन साथ ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...