Date
शुक्र, अशोज २३, २०८३
Fri, October 9, 2026

पकहाँ मैनपुरमा शिक्षक संगठनकाे समिति गठन

spot_img
spot_img

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिकामा शनिबार नेपाल राष्ट्रिय शिक्षक संगठनको दोस्राे अधिवेशन सम्पन्न भएकाे छ । अधिवेशनले राधा बैठाको अध्यक्षतामा १३ सदस्यीय गाउँपालिका स्तरिय शिक्षक संगठन सर्वसहमत गठन गरेकाे शिक्षक बिकास पाण्डेले जानकारी दिए ।

नव गठित समितिकाे उपाध्यक्षमा टेकबहादुर कामी, महिला उपाध्यक्षमा तम्मना खातुन, सचिवमा ध्रुव प्रसाद चौहान, कोषाध्यक्षमा विकास पाण्डे, सहसचिवमा निर्मला चौरसिया, सह कोषाध्क्षमा जानकी कुमारी, सदस्यमा नरेश प्रसाद चौहान, मनोज राम, श्रीमती रिता शर्मा, तारा चौरसिया चयन भएका हुन् ।

शिक्षकहरुको पेशागत हकहित, संरक्षण, सम्बर्धन तथा अधिकार प्राप्तिकाे मुल नाराकाे साथ श्री नेपाल राष्ट्रिय प्राथमिक बिधालय मानिपुरमा भएको संगठनमा आवद्ध रहेका शिक्षकहरुको भेलाले सर्वसहमत समिति गठन गरेकाे हाे ।

शिक्षक राधा बैठाको अध्यक्षतामा र संगठन पर्साका अध्यक्ष शिवनाथ महतो थारुको प्रमुख आतिथ्यमा भएको भेलामा शिक्षक संगठन पर्सा सचिव बिनोद गिरी लगायतको बिशेष उपस्थिती रहेकाे थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पोखरामा स्कुल बस दुर्घटना, १८ जना बालबालिका घाइते

गण्डकी । पोखरा महानगरपालिका–२८ कालिकामा आज बिहान स्कुल बस दुर्घटना हुँदा १८ जना बालबालिका घाइते भएका छन् । गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका...

देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौँ । पश्चिमी न्यून चापीय प्रणाली र मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ, हुरी र असिनासहित वर्षा तथा हिमपातको सम्भावना रहेको...

चाडपर्वलाई लक्षित गर्दै वीरगंज बसपार्कमा यात्रु सहायता कक्ष संचालन

वीरगंज । चाडपर्वका बेला यात्रुको चाप बढ्ने भएपछि जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले वीरगंज बसपार्कमा ‘यात्रु सहायता कक्ष’ सञ्चालनमा...