Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

सडक विस्तारमा अवरोध नगर्न सांसद यादव र मेयर सिंहकाे आग्रह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ प्रसौनी विर्तामा सडक विस्तारका क्रममा देखिएको समस्यालाई समाधान गर्न सांसद प्रदीप यादव र नगर प्रमुख राजेशमान सिंहले स्थलगत अनुगमन गरेका छन् ।

सडक विस्तार गर्न स्थानीयहरूले अवरोध सृजना गरेको जानकारी पाएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक समेत रहेका सांसद यादव र नगर प्रमुख सिंहले स्थलगत अनुगमन गरि स्थानीयहरूसँग छलफल गरेका हुन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सडक खण्डको विस्तार गर्ने क्रममा स्थानीयहरूले आफ्नो नम्बरी जग्गा पनि परेको भन्दै विवाद खडा गरेका थिए । स्थानीय स्तरमै विवाद सल्टाउन प्रयास गरिए पनि नभएपछि सांसद यादव र मेयर सिंह आफै स्थानीयहरूसँग छलफल गर्न पुगेका थिए । 

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले विकास निर्माणको काममा कुनै पनि किसिमको बाधा, अवरोध सृजना नगरी सहयोग गर्न स्थानीयहरूसँग आग्रह गरे । उनले भने, ‘सडकको विकास भए मात्रै गाउँ ठाउँको विकास सम्भव हुन्छ ।’ 

विकासका निमित्त सडक सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भएको बताउँदै उनले भने, ‘सडक राम्रो भए गाउँमा उत्पादन हुने कृषि सामग्रीलाई सहजै बजारसम्म पुर्‍याउन सकिन्छ, पठनपाठनका लागि बालबालिकाहरू सहरका विद्यालयसम्म पुग्न सक्छन्, स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एम्बुलेन्स र आगजनीका समयमा वारुणयन्त्र सहजै गाउँसम्म पुग्न सक्छ । त्यसैले सडक विस्तारमा हामीले बाधा पुर्‍याउनु भन्दा पनि सहयोग गर्नुपर्छ ।’ 

त्यस्तै वीरगंज महानगरका मेयर राजेशमान सिंहले पनि सडक विस्तारमा अवरोध सृजना नगर्न स्थानीयहरूसँग अनुरोध गरे । उनले भने, ‘सडक नै विकासको पहिलो सिँढी हो । सडकको विकास नभएसम्म अन्य विकासका कामहरू अगाडि बढाउन सकिँदैन । त्यसैले सडकका लागि स्थानीयहरूले अवरोध खडा गर्नुभन्दा पनि स्वेच्छाले आफ्नो जग्गा दिनुपर्दछ ।’

मेयर सिंहले अवरोध सृजना गर्नुभन्दा पनि छलफल मार्फत निकास खोज्न आग्रह गर्दै स्थानीयहरूलाई आवश्यक सम्पूर्ण कागजपत्र लिएर महानगरपालिका आउन अनुरोध पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...