Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

सडक विस्तारमा अवरोध नगर्न सांसद यादव र मेयर सिंहकाे आग्रह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नम्बर २३ प्रसौनी विर्तामा सडक विस्तारका क्रममा देखिएको समस्यालाई समाधान गर्न सांसद प्रदीप यादव र नगर प्रमुख राजेशमान सिंहले स्थलगत अनुगमन गरेका छन् ।

सडक विस्तार गर्न स्थानीयहरूले अवरोध सृजना गरेको जानकारी पाएसँगै जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक समेत रहेका सांसद यादव र नगर प्रमुख सिंहले स्थलगत अनुगमन गरि स्थानीयहरूसँग छलफल गरेका हुन् ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत पर्ने सडक खण्डको विस्तार गर्ने क्रममा स्थानीयहरूले आफ्नो नम्बरी जग्गा पनि परेको भन्दै विवाद खडा गरेका थिए । स्थानीय स्तरमै विवाद सल्टाउन प्रयास गरिए पनि नभएपछि सांसद यादव र मेयर सिंह आफै स्थानीयहरूसँग छलफल गर्न पुगेका थिए । 

छलफलका क्रममा पूर्व वन तथा वातावरण मन्त्रीसमेत रहेका यादवले विकास निर्माणको काममा कुनै पनि किसिमको बाधा, अवरोध सृजना नगरी सहयोग गर्न स्थानीयहरूसँग आग्रह गरे । उनले भने, ‘सडकको विकास भए मात्रै गाउँ ठाउँको विकास सम्भव हुन्छ ।’ 

विकासका निमित्त सडक सबैभन्दा महत्त्वपूर्ण पूर्वाधार भएको बताउँदै उनले भने, ‘सडक राम्रो भए गाउँमा उत्पादन हुने कृषि सामग्रीलाई सहजै बजारसम्म पुर्‍याउन सकिन्छ, पठनपाठनका लागि बालबालिकाहरू सहरका विद्यालयसम्म पुग्न सक्छन्, स्वास्थ्य उपचारका लागि आवश्यक पर्ने एम्बुलेन्स र आगजनीका समयमा वारुणयन्त्र सहजै गाउँसम्म पुग्न सक्छ । त्यसैले सडक विस्तारमा हामीले बाधा पुर्‍याउनु भन्दा पनि सहयोग गर्नुपर्छ ।’ 

त्यस्तै वीरगंज महानगरका मेयर राजेशमान सिंहले पनि सडक विस्तारमा अवरोध सृजना नगर्न स्थानीयहरूसँग अनुरोध गरे । उनले भने, ‘सडक नै विकासको पहिलो सिँढी हो । सडकको विकास नभएसम्म अन्य विकासका कामहरू अगाडि बढाउन सकिँदैन । त्यसैले सडकका लागि स्थानीयहरूले अवरोध खडा गर्नुभन्दा पनि स्वेच्छाले आफ्नो जग्गा दिनुपर्दछ ।’

मेयर सिंहले अवरोध सृजना गर्नुभन्दा पनि छलफल मार्फत निकास खोज्न आग्रह गर्दै स्थानीयहरूलाई आवश्यक सम्पूर्ण कागजपत्र लिएर महानगरपालिका आउन अनुरोध पनि गरे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...