Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

मेयर सिंहले घाेषणा गरे अनुसार स्व. सर्राफकाे छाेरीले पाइन रु ५ लाख

spot_img
spot_img

वीरगंज । युवा पत्रकार स्वर्गीय नरेश सर्राफको परिवारलाई वीरगंज महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । सर्राफकी छोरी श्रेया सर्राफको पठनपाठन तथा भरण पोषणका निमित्त वीरगंज महानगरपालिकाले आर्थिक सहयोग गरेको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले स्व. पत्रकारकाे श्रद्धान्जली सभामा घाेषणा गरे अनुसार महानगरबाट रु ५ लाख सहयाेग गरेका हुन् । साे रकम पत्रकार स्व. सर्राफकाे ७ बर्षिय छाेरी श्रेया सर्राफकाे नामले फिक्स डिपाेजिट गरिने‍ छ ।

सोका निमित्त शुक्रकार स्व. सर्राफकी छोरी श्रेयालाई जनता समाजवादी पार्टी नेपाल (जसपा) का प्रमुख सचेतक एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य प्रदीप यादव र वीरगंज महानगरपालिकाका मेयर सिंहले पाँच लाख रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

महानगरका मेयर सिंहको कार्यकक्षमा बोलाएर छाेरी श्रेया र स्व. सर्राफकी श्रीमती पूजा कुमार साहलाई चेक हस्तान्तरण गरिएको थियो ।

चेक हस्तान्तरण गर्दै पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका सांसद यादवले आगामी दिनमा पनि स्वर्गीय पत्रकार सर्राफको परिवारलाई सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सर्राफ एक होनहार तथा इमानदार पत्रकार रहेको बताउँदै यादवले उनको विरासतलाई अन्य सञ्चारकर्मीहरूले निरन्तरता अगाडि बढाउनु पर्नेमा जोड दिए ।

त्यस्तै वीरगंजका मेयर सिंहले सर्राफको निधन पश्चात् उनको परिवार बिचल्लीमा पर्न नदिन आफूले हरेक सम्भव प्रयास जारी राखेको बताए । सोही प्रयास स्वरूप आज पाँच लाख रुपैयाँ उपलब्ध गराइएको र आगामी दिनमा आवश्यक परे थप सहयोग गर्ने उनले पनि प्रतिबद्धता व्यक्त गरे ।

यसैबिच नेपाल पत्रकार महासङ्घ पर्सा शाखाले स्व. सर्राफको स्मृतिमा स्थापना गरेको अक्षय काेषमा पनि महानगरले रु १० लाख सहयाेग गरेकाे छ । मेयर सिंहले रु १० लाखकाे चेक पत्रकार महासंघ पर्सालाई उपलब्ध गराएका हुन् ।

उनले शुक्रबार एक कार्यक्रमका बिच रकम बराबरको चेक महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारी र कोषाध्यक्ष सञ्जीव मिश्रलाई हस्तान्तरण गरेका हुन् ।

पत्रकार सर्राफको गत वर्ष मङ्सिर १५ गते हृदयाघातका कारण अल्पायु मै निधन भएको थियो । समाजवादी प्रेस संगठन पर्सा र रेडियाे वीरगंजले संयुक्त रुपमा आयाेजना गरेकाे स्व. सर्राफकाे श्रद्धान्जली सभामा मेयर सिंहले स्व सर्राफकाे नाम स्थापना हुने अक्षय काेषमा रु १० लाख र उनकाे छाेरीकाे नामले रु ५ लाख फिक्स डिपाेजिट गरिदिने घाेषणा गरेका थिए ।

साेही घाेषणा अनुसार मेयरले सिंहले शुक्रबार साे रकम बराबरकाे चेक हस्तान्तरण गरेका हुन् । साेही श्रद्धान्जली सभामा समाजवादी प्रेस संगठन र रेडियाे वीरगंजले स्व. सर्राफकाे छाेरीकाे नाममा फिक्स डिपाेजिट गर्न रु एक/एक लाख सहयाेग समेत गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...