Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार

spot_img
spot_img
वीरगंज । वीरगंज लगायतकाे क्षेत्रमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार भएकाे छ । वीरगंजकाे राधेमाई, श्रीपुर, मुर्ली, रानीघाट, अशाेकबाटिका, भिस्वा, बसपार्क लगायतकाे क्षेत्रमा पानी हाहाकार भएकाे स्थानियहरुले वताएका छन् ।
 
चापाकल पानीकाे मुख्य स्राेत रहेकाे यस क्षेत्रमा माेटर पनि पानी तान्न छाडेका छन् । चापाकल सुकेपछि माेटर समेत पानी दिन छाडेकाे राधेमाईका स्थानिय मन्दिप महताेले वताए । 
 
उनले भने “चापाकल र माेटर पानी दिन छाडेकाे छ, खानेपानी कार्यालयमा नल जडानकाे लागि निवेदन दिदाँ महिना दिन लाग्ने भनेका छन् । जारकाे पानी किनेर प्रयाेग गर्दैछाैं । अरु कुनै वैकलपिक माध्यम पानीकाे नभएर समस्या भइरहेकाे छ ।”
 
गर्मी माैसममा चापाकल सुकन थालेपछि अरु कुनै पानीकाे स्राेत नभएकाहरुकाे जनजिवन कष्टकर भएकाे छ । कतिपैले पडाेसी र आसपासकाे क्षेत्रबाट पानी लिएर जिवनयापन गरिरहेका छन् भने कतिपयले जारकाे पानी किनेर बाचीरहेका छन् ।
 
वीरगंजका केही क्षेत्रमा महानगरपालिकाले ट्यांकीबाट पानी समेत वितरण गरिरहेकाे छ । वीरगंजकाे घडिअर्वा क्षेत्रमा बिहिबार सांझ नगरपालिकाले पानी वितरण गरेकाे थियाे ।  
 
यसैगरी वीरगंज महानगरपालिकाकाे केही ग्रामिण वडामा समेत पानीकाे समस्या भएकाे स्थानियहरुले वताएका छन् । ग्रामिण वडाहरुमा पनि खानेपानीकाे मुख्य स्राेत रहेकाे चापाकल सुकन थालेकाेले समस्या भएकाे स्थानियहरुकाे भनाई छ ।
 
यसैबिच पानीको समस्यालाई मध्यनजर गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलौंमा ट्याङ्कीले ६ हजार लिटर खानेपानी वितरण गर्न लगाएका छन् ।
 
जिल्लाको एउटा स्थानीय तहमा समस्या आउँदा अर्को स्थानीय तहले सहयोग गर्नुपर्ने ध्ययका साथ अध्यक्ष यादवले खानेपानी वितरण गरेको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सखुवाप्रसौनी गाउँपालिका सधैं तयार रहने बताए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...