Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

वीरगंजमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार

spot_img
spot_img
वीरगंज । वीरगंज लगायतकाे क्षेत्रमा चापाकल सुकन थालेपछि खाने पानीकाे हाहाकार भएकाे छ । वीरगंजकाे राधेमाई, श्रीपुर, मुर्ली, रानीघाट, अशाेकबाटिका, भिस्वा, बसपार्क लगायतकाे क्षेत्रमा पानी हाहाकार भएकाे स्थानियहरुले वताएका छन् ।
 
चापाकल पानीकाे मुख्य स्राेत रहेकाे यस क्षेत्रमा माेटर पनि पानी तान्न छाडेका छन् । चापाकल सुकेपछि माेटर समेत पानी दिन छाडेकाे राधेमाईका स्थानिय मन्दिप महताेले वताए । 
 
उनले भने “चापाकल र माेटर पानी दिन छाडेकाे छ, खानेपानी कार्यालयमा नल जडानकाे लागि निवेदन दिदाँ महिना दिन लाग्ने भनेका छन् । जारकाे पानी किनेर प्रयाेग गर्दैछाैं । अरु कुनै वैकलपिक माध्यम पानीकाे नभएर समस्या भइरहेकाे छ ।”
 
गर्मी माैसममा चापाकल सुकन थालेपछि अरु कुनै पानीकाे स्राेत नभएकाहरुकाे जनजिवन कष्टकर भएकाे छ । कतिपैले पडाेसी र आसपासकाे क्षेत्रबाट पानी लिएर जिवनयापन गरिरहेका छन् भने कतिपयले जारकाे पानी किनेर बाचीरहेका छन् ।
 
वीरगंजका केही क्षेत्रमा महानगरपालिकाले ट्यांकीबाट पानी समेत वितरण गरिरहेकाे छ । वीरगंजकाे घडिअर्वा क्षेत्रमा बिहिबार सांझ नगरपालिकाले पानी वितरण गरेकाे थियाे ।  
 
यसैगरी वीरगंज महानगरपालिकाकाे केही ग्रामिण वडामा समेत पानीकाे समस्या भएकाे स्थानियहरुले वताएका छन् । ग्रामिण वडाहरुमा पनि खानेपानीकाे मुख्य स्राेत रहेकाे चापाकल सुकन थालेकाेले समस्या भएकाे स्थानियहरुकाे भनाई छ ।
 
यसैबिच पानीको समस्यालाई मध्यनजर गर्दै सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यस्वन्त यादवले वीरगंज महानगरपालिकाकाे वडा नं. १७ अलौंमा ट्याङ्कीले ६ हजार लिटर खानेपानी वितरण गर्न लगाएका छन् ।
 
जिल्लाको एउटा स्थानीय तहमा समस्या आउँदा अर्को स्थानीय तहले सहयोग गर्नुपर्ने ध्ययका साथ अध्यक्ष यादवले खानेपानी वितरण गरेको बताए । उनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने सखुवाप्रसौनी गाउँपालिका सधैं तयार रहने बताए । 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...