Date
आइत, बैशाख २०, २०८३
Sun, May 3, 2026

जगरनाथपुरका मठमन्दिरका पुजारीहरुलाई विद्युतीय चुल्हाे

वीरगंज । पर्साकाे जगरनाथपुर गाँउपालिकाले विभिन्न वडामा रहेका मठमन्दिरका पुजारी साधुहरुलाई खाना पकाउने विद्युतीय इन्डक्सन चुल्हाे वितरण गरेकाे छ ।

- Advertisement -

बिहीबार गाँउपालिका अध्यक्ष श्रीकान्त यादवले वडा नम्बर १ मा रहेकाे श्रीराम जानकी मन्दिर र शिव मन्दिर, वडा नम्बर ३ मा रहेकाे शिव मन्दिर र रामजानकी मन्दिर तथा वडा नम्बर ५ मा रहेकाे शिव मन्दिर र रामजानकी मन्दिरका पुजारी साधुहरुलाई १/१ थान इन्डक्सन चुल्हाे प्रदान गरेका हुन् ।

अध्यक्ष यादवले पालिकाकामा रहेका मठमन्दिरहरुमा पुजारीहरुलाई आवश्यक पर्ने अन्य सामानहरु पनि उपलब्ध गराउने भन्दै बाँकी रहेका वडाका मठमन्दिरका पुजारी साधुहरुलाई पनि उक्त विद्युतीय चुल्हाे वितरण गरिने बताए ।

चुल्हाे वितरण कार्यक्रममा वडाअध्यक्षहरु लक्ष्मी साह र सुभाष यादव, स्थानीय समाजसेवी लगायतकाे पनि उपस्थिति रहेकाे थियाे ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजका निजी विद्यालयमा पुस्तक परिवर्तनको मनपरी, कमिशनको खेलले अभिभावक मारमा

वीरगंज । वीरगंजका निजी विद्यालयहरूले पुस्तकमा लिने कमिशनको प्रचलन यस वर्ष पनि निरन्तरता दिएका छन् । सरकारले हरेक वर्ष पुस्तक परिवर्तन नगर्न निर्देशन दिए...

सिर्सिया नदी संरक्षणका लागि प्रधानमन्त्रीलाई खुला पत्र, तत्काल हस्तक्षेपको माग

वीरगंज । सिर्सिया नदीको बढ्दो प्रदूषण र अतिक्रमणप्रति गम्भीर चिन्ता व्यक्त गर्दै स्थानीय अभियन्ताले प्रधानमन्त्री बालेन्द्र साहलाई खुला पत्र मार्फत तत्काल हस्तक्षेप गर्न माग...

पर्सामा विश्व प्रेस स्वतन्त्रता दिवस: आर्थिक नाकाबन्दीविरुद्ध पत्रकारहरूको खबरदारी

वीरगंज । विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा आइतबार वीरगंजमा प्रभातफेरी तथा कोण सभा सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ पर्सा शाखाको आयोजनामा गरिएको...