Date
शनि, असार १३, २०८३
Sat, June 27, 2026

मधेश प्रदेशमा प्रथम हरवाचरवा मुक्ति दिवश मनाइयाे

spot_img
spot_img

वीरगंज । मुक्त हरवाचरवाहरुको न्यायिक पुनरस्थापना हाम्रो सरोकार, शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार भन्ने मुल नाराका साथ राष्ट्रिय हरवाचरवा अधिकार मञ्चको आयोजनामा मधेश प्रदेशको राजधानी जनकपुमा प्रथम हरवाचरवा मुक्ति दिवश सम्पन्न भएको छ ।

कार्यक्रमको उदघाटन गर्दै प्रमुख अतिथी एवं मधेस प्रदेश सरकारका भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्री गोबिन्द्र बहादुर न्यौपानेले मधेस प्रदेश सरकारले आर्थिक बर्ष २०८०/२०८१ को निति तथा कार्यक्रमले मुक्त हरवाचरवाको सवाल बिशीष्ट ढंगले सम्बोधन गरेको कुरा औल्याए ।

उनले मधेश प्रदेश सरकारले आगामी बर्षको निति तथा कार्यक्रमको बुदा नं. १७९ मा स्थानिय सरकारको समन्वयमा मधेश प्रदेशको सबै जिल्लाहरुमा मुक्त हरवाचरवाको तथ्यांक संकलन गरी प्रमाणीकरण र परिचयपत्र बितरण गरिने कुरा उल्लेख भएको बताउँदै यसको प्रभावकारी कार्यान्वयनका लागि मधेस प्रदेश सरकारको तर्फबाट प्रतिबद्धता समेत ब्यक्त गरे ।

मधेस प्रदेशका सांसदद्वय माला कर्ण र रत्नेश्वर गोहितले मुक्त हरवाचरवाको पुनरस्थापनाका लागि मधेस प्रदेश सभामा आफनो तर्फबाट भूमिका निर्वाह गरिने कुरा प्रतिबद्धता जाहेर भयो ।

त्यस्तै अर्का बक्ता मधेस प्रदेश निति आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले मुक्त हरवाचरवाहरुको बहुआयामिक समस्याहरुको सामाधान गर्ने प्रमुख दायित्व राज्यको भएकोले उनीहरुको सामाजिक न्यायका सवालहरु नीति माध्यम सम्बोधन गर्नुृपर्ने कुरामा जोड दिए ।

यसका लागि प्रदेश निति आयोगले आफनो तर्फबाट सकारात्मक भुमिकाको पहल कदमीको थालनी गर्ने बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) महोत्तरी जिल्ला अध्यक्ष कौशीलाल यादव, ईन्सेकका मधेस प्रदेश प्रमुख राजु पाशवान, द फ्रिडम फण्डका जनवकालत सल्लाहकार बालाराम भट्टराई, ट्रेड यूनियनका मधेस प्रदेशका सचिव अनिल कुमार झा, राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय कोषाध्यक्ष राजवती मण्डल, जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका अध्यक्ष शिब सदा, जिल्ला हरवाचरवा अधिकार मञ्च सप्तरीका अध्यक्ष देवलाल राम र दलित जनकल्याण यूवा क्लव सिराहाका अध्यक्ष उमेश बिशुंके लगायतले मन्तब्य ब्यक्त गरेका थिए ।

राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा दलित जनचेतना दलित संगमका अध्यक्ष रामलखन रामले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने सामुदयिक सुधार केन्द्र धनुषाका अध्यक्ष संजय शाहले कार्यक्रमको उद्देश्यमाथी प्रकाश पारेका थिए ।

कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका महोत्तरी जिल्ला एक्टीभिष्ट ममता बिश्वकर्माले गरेका थिए ।

उक्त कार्यक्रममा हरवाचरवा मुक्ति आन्दोलन नेता एवं राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका केन्द्रीय अध्यक्ष दशनलाल मण्डललाई कार्यक्रमका प्रमुख अतिथीबाट सम्मान समेत ब्यक्त गरिएको थियो ।

कार्यक्रममा राष्ट्रिय हरवाचरवा अधिकार मञ्च तथा मधेस प्रदेशका ८ वटै जिल्लाका हरवाचरवा अधिकार मञ्चका प्रतिनिधीहरु, मधेसप्रदेश सभा सदस्यहरु, सरकारी निकाय, मानव अधिकारकर्मी, ट्रेड यूनियन, नागरिक समाज र सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।

सोही अवसरमा नेटवर्कका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माले प्रेस बिज्ञप्ती जारी गर्दै मुक्त हरवाचरवाको पुनरस्थापनाका लागि संविधानसभा सदस्य तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठको संयोजकत्वमा गठित मुक्त कमैया, कम्लरी, हलिया तथा हरवाचरवा सम्वन्धी वस्तुस्थितिको अध्ययन प्रतिवेदन २०७९ को अक्षरसः कार्यान्वन गर्नका लागि जोडदार गर्नका लागि जोडदार माग गरेका थिए ।

मुक्ति दिवशकै अवसरमा मंगलबार बेलुका मधेस प्रदेशका ८ वटै जिल्लाका ३२ वटा पालिकाहरुमा स्थानिय हरवाचरवा अधिकार मञ्चद्धारा दिप प्रज्वलन गरिएकाे राष्ट्रिय दलित नेटवर्कका कार्यकारी निर्देशक हुकुम सार्कीले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...

रास्वपाको महामन्त्रीमा विपिन आचार्य निर्वाचित, मनिष झा पराजित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा विपिन कुमार आचार्य निर्वाचित भएका छन् । रास्वपाकाे प्रथम महाधिवेशन अन्तर्गत पदाधिकारी चयनका लागि सम्पन्न निर्वाचनमा...