Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

महानगरको नाममा ठगी गर्ने इन्स्टिच्युट सिल, सञ्चालक पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ५ स्थित सञ्चालित मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका सञ्चालक राहुल मोदीलाई मेयर सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

माेदीले महानगरपालिकाकाे सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरुलाई ठगेकाे गुनासाे आएपछि मेयर सिंहले उनलाई आफ्नोे कार्यकक्षमा झिकाएर सोधपुछ गरि थप कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

इन्स्टीच्युटका सञ्चालक मोदीले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि वीरगंज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिकाे परिक्षामा पास गराइदिने प्रलाेभन दिएर विद्यार्थीहरुबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको गुनासाे आएको थियो ।

छात्रवृत्तिका लागि महानगरको शैक्षिकल महाशाखालाई ५० हजार, विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक/एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएकाे थियाे ।

त्यसपछि वीरगंज महाागरका मेयर सिंहले मंगलबार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको मेयर सिंहकाे सचिवालयले जनाएको छ ।

यसैबिच इन्स्टिच्युटलाई वीरगंज महानगरपालिकाले सिल गरेको छ । इन्स्टिच्युटले आवश्यक सम्पूर्ण अनुमतिहरू नलिएको पाएपछि सिल गरिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

इन्स्टिच्युटका सञ्चालक राहुलकुमार मोदीले महानगरपालिकाले लिने छात्रवृत्ति परीक्षामा पास गराइदिन्छु भन्दै विद्यार्थीहरूसँग पैसा मागेको खुलेपछि उनलाई झिकाएर वीरगंजका मेयर सिंहले केरकार गरेका थिए ।
 
केरकार गर्ने क्रममा उनीसँग इन्स्टिच्युट सञ्चालन गर्न आवश्यक कागजातसमेत नरहेको पाएपछि सिल गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णले बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...