Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

महानगरको नाममा ठगी गर्ने इन्स्टिच्युट सिल, सञ्चालक पक्राउ

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको नाम लिएर छात्रवृत्ति दिलाई दिने भन्दै ठगी गर्ने एक जनालाई महानगरका मेयर राजेशमान सिंहले नियन्त्रणमा लिएर प्रहरीकाे जिम्मा लगाएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नं. ५ स्थित सञ्चालित मोदी इन्स्टिच्युट एंड ट्रेनिङ्ग सेन्टरका सञ्चालक राहुल मोदीलाई मेयर सिंहले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएका हुन् ।

माेदीले महानगरपालिकाकाे सिफारिसमा छात्रवृत्ति दिलाइदिने भन्दै विद्यार्थीहरुलाई ठगेकाे गुनासाे आएपछि मेयर सिंहले उनलाई आफ्नोे कार्यकक्षमा झिकाएर सोधपुछ गरि थप कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाएका हुन् ।

इन्स्टीच्युटका सञ्चालक मोदीले एसईई उत्तीर्ण गरेका विद्यार्थीहरुको लागि वीरगंज महानगरपालिकाले कक्षा ११ र १२ मा अध्ययनका लागि उपलब्ध गराउँदै आएको छात्रवृत्तिकाे परिक्षामा पास गराइदिने प्रलाेभन दिएर विद्यार्थीहरुबाट झण्डै एक लाख रुपैयाँ माग्दै गरेको गुनासाे आएको थियो ।

छात्रवृत्तिका लागि महानगरको शैक्षिकल महाशाखालाई ५० हजार, विद्यार्थीले रोजेको विद्यालयलाई ३० हजार र आफूले २० हजार लिने गरी प्रत्येक विद्यार्थीहरुसँग एक/एक लाख रुपैयाँ माग्ने गरेको अडियो रेकर्ड सार्वजनिक भएकाे थियाे ।

त्यसपछि वीरगंज महाागरका मेयर सिंहले मंगलबार बिहान मोदीलाई आफ्नो कार्यालयमा झिकाई सोधपुछ गरि आवश्यक कानुनी कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको मेयर सिंहकाे सचिवालयले जनाएको छ ।

यसैबिच इन्स्टिच्युटलाई वीरगंज महानगरपालिकाले सिल गरेको छ । इन्स्टिच्युटले आवश्यक सम्पूर्ण अनुमतिहरू नलिएको पाएपछि सिल गरिएको वीरगंज महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले जानकारी दिए ।

इन्स्टिच्युटका सञ्चालक राहुलकुमार मोदीले महानगरपालिकाले लिने छात्रवृत्ति परीक्षामा पास गराइदिन्छु भन्दै विद्यार्थीहरूसँग पैसा मागेको खुलेपछि उनलाई झिकाएर वीरगंजका मेयर सिंहले केरकार गरेका थिए ।
 
केरकार गर्ने क्रममा उनीसँग इन्स्टिच्युट सञ्चालन गर्न आवश्यक कागजातसमेत नरहेको पाएपछि सिल गरिएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख कर्णले बताए ।
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँसहित एक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...

१० दिनपछि सुरुङबाट उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किए

वीरगंज । बाढीका कारण त्रिशूली–३ ‘ए’ आयोजनाको सुरुङभित्र १० दिनसम्म फसेर उद्धार गरिएका सञ्जय साह उपचारपछि घर फर्किएका छन्। सुरुङबाट उद्धार गरिएपछि उनलाई उपचारका लागि...