Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

मुख्य नालामाथी बनेको क्लासिक होटलमा पनि चल्यो डोजर

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले मुख्य नालामाथि बनेको क्लासिक होटलको भवन हटाउन डोजर लगाएको छ । होटलको संरचना मुख्य नालामाथी निर्माण हुँदा नाला सफाईमा अवरोध भएकाले निर्माण गरिएका संरचना हटाउन महानगरले डोजर प्रयोग गरेको हो ।

नालामाथि बनेको संरचना हटाउन पटक पटक सूचना जारी गर्दा पनि अटेर गरेर नहटाएपछि महानगर प्रमुख राजेशमान सिंहको निर्देशनमा महानगरको टोलीले डोजर लगाएर हटाउन सुरु गरेको हो ।

महानगरले नालामाथि बनेको हरिखेतानको बाँकी संचरना हटाएर क्लासिक होटलको संरचना हटाउन सुरु गरेको हो । नालामाथि बनेको हरिखेतानको संरचना गएको असार २५ गते डोजर लगाएर हटाएको थियो ।

क्याम्पसको केही संरचना अझै पनि बाँकी रहेकाले मंगलबार पनि डोजर लगाएर हटाइएको हो । क्लासिक होटल नालामाथि नै रहेकाले त्यसलाई हटाउन मंगलबारबाट डोजर चलाइएको महानगरका प्रशासन महाशाखा प्रमुख राजकृष्ण ताम्राकारले जानकारी दिए ।

क्लासिक होटलको सामुन्ने रहेको कर्पोरेट डेभलपमेन्ट बैंक रहेको भवन हटाउन पनि पहिले नै सूचना दिएको भए पनि अझै सम्म नहटएकाले त्यसलाई पनि डोजर लगाएर हटाइने उनले बताए ।

महानगरले अहिले मुख्य नाला सफाईलाई तिब्रता दिएको छ । जिल्ला हुलाक कार्यालयदेखी मुख्य नाला सफाई गर्दै आएको महानगरले नाला अतिक्रमण गरेर निर्माण गरिएका संरचना हटाउँदै सफाईलाई निरन्तरता दिँदै आएको छ ।

क्लासिक होटलको उत्तरतर्फ र कर्पोरेट बैंकको दक्षिणतर्फ रहेको मुख्य नाला पूर्ण रुपमा सफाई हुँदा पनि ती दुबै भवन नहट्दा मुख्य नाला सफाईमा अवरोध पुगेको छ ।

यसअघि मुख्य नालामा पर्ने एक दर्जन संरचना हटाइ सकिएको छ । वीरगजका मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्काे नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउ हुँदै दक्षिणतिर बगेको छ ।

गीता मन्दीरदेखि आदर्शनगर हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा मुख्य नालाको दुबै तर्फ अतिक्रमण गरेर संरचना बनेका छन् ।

वर्षौँदेखि मुख्य नाला सफाई नहुँदा वीरगंज वर्षातको समयमा डुबानमा पर्दै आएको छ । यस पटक मुख्य नाला पूर्ण रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...