Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

वीरगंजकाे अलौंमा १६ शैयाकाे अस्पताल शिलान्यास

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाको वडा १७ अलौँमा १६ शैयाकाे अस्पताल शिलान्यास गरिएको छ ।महानगरका मेयर राजेशमान सिंहको उपस्थितिमा वडाध्यक्ष सन्जिब बहादुर क्षेत्रीले मंगलबार एक कार्यक्रमका बीच अस्पतालको शिलान्याश गरेका हुन् ।

महानगरले स्वास्थ्य क्षेत्र सुधारका लागि काम गरिरहेको भन्दै त्यसै अनुरुप ग्रामिण क्षेत्रमा पर्ने १७ नम्वर वडामा अस्पताल बनाउन लागिएको मेयर सिंहले बताए । ग्रामिण वडामा यसै आर्थिक वर्षदेखि विशेषज्ञ सेवा दिन सुरु गरिने भन्दै उनले त्यसका लागि चिकित्सक तथा स्वास्थ्यकर्मी भर्ना अन्तिम चरणमा पुगेको बताए ।

वडा नम्वर १७ मा सामान्य सेवा प्रदान गरिरहेको स्वास्थ्य चौकी रहेकोमा यसै वर्ष भित्र निर्माण सम्पन्न हुने गरि अस्पताल बनाउने काम सुरु गरिएको हो ।

१ करोड २० लाख रुपैयाँमा १ वर्ष भित्र निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको वडाध्यक्ष क्षेत्रीले जानकारी दिए ।
अस्पतालमा विशेषज्ञ चिकित्सक, नर्स सहितको सुविधासम्पन्न सेवा उपलब्ध हुने छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...