Date
बिहि, भदौ २५, २०८३
Thu, September 10, 2026

वीरगंजका सामुदायिक विद्यालयमा सिकाई केन्द्रकाे स्थापना

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाकाे वडा नं २० हरपतगंज स्थित श्री निरंजन साह कलवार आधारभूत विद्यालय र वीरगंज महानगरपालिका कै वडा नं १४ बहुवरी स्थित उम्मे कुल्सुम लीलबनात कन्या विद्यालयमा साेमबारबाट नविनतम सिकाई केन्द्र (Innovative Learning Center) संचालनमा आएकाे छ । 

दुबै सिकाई केन्द्रकाे मधेश प्रदेशका उद्योग, वाणिज्य तथा पर्यटन राज्यमन्त्री रहबर अंसारीले उद्घाटन गरेका हुन् । सिकाई केन्द्रहरुकाे उद्घाटन गर्दै मन्त्री अन्सारीले विद्यार्थी र शिक्षक दुवैले परम्परागत शिक्षण विधिहरू भन्दा बाहिर गएर प्रयोगात्मक शिक्षा, ह्यान्ड-अन गतिविधि, प्रविधि र अन्य नवीन उपकरणहरूको प्रयोगमा आफुलाई केन्द्रित गरी गुणस्तरीय शिक्षा हासिल गर्नु पर्ने वताए ।
 
मन्त्री अन्सारीले भने “यो त मेरो सानो प्रयासको शुरुआत हो । अगामी दिनमा ठुल ठुला कार्यहरु गर्ने छौं र शैक्षिक परिवर्तन हुने छ ।” उनले वीरगंजमा शिक्षा रुपान्तरण गर्ने मेरो प्रयासको सुरुवातदेखि नै प्राविधिक र परिचालन सहयोग प्रदान गर्दै आएको संस्था विटस् लिडरलाई धन्यवाद समेत दिए । 
 

मन्त्री अंसारीको अथक प्रयासले सामुदायिक विद्यालयहरुमा आधुनिक टेक्नोलोजी भएका सिकाई केन्द्र संचालनमा आएकाे वताइएकाे छ । मन्त्री अन्सारीले दुरदर्शी सोंचका साथ सिकाई केन्द्र संचालनमा ल्याएका हुन् । मधेश प्रदेशमा पहिलो पल्ट यस्ता आधुनिक कक्षा संचालन आएकाे दाबी गरिएकाे छ ।

विगतका समयदेखि सरकारी स्कुल तथा गाउँघरका आम जनताको पहुचभन्दा माथि रहेको सोंचलाई मुर्तरुप दिन नयाँ थालनीकाे सुरुवात गरिएकाे हाे । अहिले ठुल ठुला व्यापारी वा उच्च ओहदाका व्यक्तिहरुले आफनो बालबालिकालाई विदेशमा पैसा खर्च गरेर उनका शैक्षिक स्तर उकास्ने गरेको देखिन्छ ।

तर मन्त्री अन्सारीले नेपालको सरकारी विद्यालयमा नै त्यो विधि ल्याएको र त्यसबाट गाँउघरका गरिब, जेहेन्दार विद्यार्थीहरुले पुर्ण लाभ उठाई विदेशबाट पढेर आएका धनाढय व्यक्तिहरुका बालबालिकासँग कम्पटिशन गर्न सकोस भन्ने चाहना रहि आएकोले मैले यो आधुनिक प्राविधिक कक्षा संचालनमा ल्याएका हुन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगंजमा भारतीय नम्बरको कारबाट लागूऔषध बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्सा प्रहरीले ७ ग्राम लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी...

वीरगंजबाट १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर बरामद

वीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगंज महानगरपालिकाका विभिन्न स्थानबाट भन्सार छली चोरी पैठारी गरी नेपाल भित्र्याइएका १७ वटा भारतीय इलेक्ट्रिक स्कुटर नियन्त्रणमा लिएको...

जेन्जी आन्दोलनका जेलमा रहेका र मुद्दा खेपिरहेका युवालाई तत्काल न्याय दिन सांसद पन्तको माग

वीरगंज । पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य हरि पन्तले जेन्जी आन्दोलनका क्रममा जेल परेका, मुद्दा खेपिरहेका र घाइते भएका युवाहरूलाई यथाशीघ्र...