Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

पटेर्वा सुगौलीकाे अगामी बर्षकाे बजेट सर्वसम्मतिले पारित

spot_img
spot_img

वीरगंज । पर्साकाे पटेर्वा सुगौली गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८०/०८१ काे बजेट सर्वसम्मतिले पारित भएकाे छ ।

शनिबार सम्पन्न ११ओैं गाँउसभाकाे बैठकमा गाँउपालिकाकी उपाध्यक्ष ममता महताेले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेकाे ३९ करोड २५ लाख ३०० रुपैयाको बजेट सर्वसम्मतिले पारित गरिएको हाे ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएकाे नीति तथा कार्यक्रमसहितको बजेटमा पालिका अध्यक्ष छात्रवृत्ति कार्यक्रम,पालिका प्रमुख युवा स्वरोजगार कार्यक्रम, पालिका उपाध्यक्ष सुत्केरी महिला कोशेली कार्यक्रम, रंगपुर बजार ब्यवस्थापन तथा निर्माण, मनिहर्वामा बसपार्क निर्माण, थारु संग्रहालय निर्माण, कृषि च्याम्बर निर्माण, मन्टेश्वरी कक्षा संचालन तथा ब्यवस्थापन, कृषि प्राविधिक शिक्षालय निर्माण लगायतका कार्यक्रमहरु समावेश गरिएको वडा नं. २ का वडाध्यक्ष विजय गैरेले जानकारी दिए ।

गाँउपालिका अध्यक्ष दिनेश चाैधरीकाे अध्यक्षतामा भएकाे गाँउसभाकाे बैठकमा प्रमुख प्रशासकिय अधिकृत संदेश कुमार यादव, पाँच वटै वडाका वडाअध्यक्ष , गाँउ कार्यपालिका सदस्य, गाउँपालिकाका कर्मचारी लगायतकाे पनि सहभागीता थियाे ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...