Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

बर्दीमा टिकटक बनाउने २०८ प्रहरी कारबाहीमा

काठमाडौं । नेपाल प्रहरीको पोसाक लगाएर टिकटक भिडियो बनाउने २०८ जना प्रहरी कर्मचारी कारबाहीमा परेका छन् ।

प्रहरी प्रधान कार्यालयले २०७७ सालदेखि चालु आर्थिक वर्षको असार २२ गतेसम्म बर्दी लगाएर भिडिओ बनाउने र सामाजिक सञ्जालमा राख्ने २०८ कर्मचारीलाई कारबाही गरेको हो ।

डिआइजी एवम् प्रहरी प्रवक्ता कुबेर कडायतका अनुसार २०७७/७८ मा ८२ जना, २०७८÷७९ मा ३० जना र २०७९/८० मा ९६ जना प्रहरी कारबाहीमा परेका हुन् ।

२०७७ असोज २२ गते प्रहरी प्रधान कार्यालयले अनुमति नलिई भिडिओ, चलचित्र, टेलिचलचित्र, टिकटक भिडिओ बनाएको पाइएमा कारवाही गर्ने चेतावनी दिएको थियो ।

तर, तीन वर्षसम्म पनि सामाजिक सञ्जालमा प्रहरी पोसाकको दुरूपयोग नरोकिएपछि हेडक्वार्टरले कारबाही थालेको हो ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपा बारा विस्तारित बैठकमा तनाव, सांसदहरू बैठक स्थलबाट लखेटिए

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव उत्पन्न हुँदा प्रतिनिधिसभा सदस्य (सांसद)हरू बैठक स्थलबाटै लखेटिएका छन् । शनिबार कलैयामा आयोजित...

पर्सामा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

वीरगंज । पर्सामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश खेलकुद...

दुर्गा प्रसाईंलाई आइतबारसम्म रिहा गर्न सर्वोच्चको आदेश

काठमाडौं । मेडिकल व्यवसायी तथा नागरिक बचाउ महाअभियान नेपाल’ का संयोजक दुर्गा प्रसाईंलाई धरौटी वा जमानतमा रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । संयाेजक...