Date
बिहि, भदौ ११, २०८३
Thu, August 27, 2026

जगरनाथपुर गाउँपालिकाद्वारा कृषकलाई राेटाभेटर

spot_img
spot_img

वीरगंज । पर्साकाे जगरनाथपुर गाउँपालिकाले कृषकलाई राेटाभेटर र माेटर पम्प वितरण गरेकाे छ ।

जगरनाथपुर गाउँपालिकाद्वारा संचालित धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत कृषकहरुलाई कृषि सामग्री वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत कृष्णनन्दन रायले जानकारी दिए ।

गाउँ कार्यपालिकाकाे कार्यालयमा बिहिबार एक कार्यक्रमकाे बिच गाउँपालिका अध्यक्ष श्रीकान्त प्रसाद यादवले धान उत्पादन प्रवर्धन कार्यक्रम अन्तर्गत छनाैटमा परेका कृषकहरुलाई राेटाभेटर र माेटर वितरण गरेका थिए ।

कृषी सहजताकाे लागि ५० प्रतिशतकाे अनुदानमा राेटाभेटर र माेटर वितरण गरिएकाे गाउँपालिका अध्यक्ष यादवले वताए । उनले राेटाभेटर र माेटर वितरणले कृषकलाई खेती गर्न सहज हुनुकाे साथै कृषि उत्पादन बढने विश्वास व्यक्त गरे । 

गाउँपालिकाकाे कृषि शाखाबाट वडा न १ देखि ६ सम्मका १० कृषकहरुलाई रोटाभेटर र ७१ कृषकलाई कृषी मोटर पम्प वितरण गरिएकाे प्रमुख प्रशासकिय अधिकृत रायले वताए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रसुवाको हाइड्रोपावरमा कार्यरत बाराका यादव सम्पर्कविहीन

वीरगंज । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आएको बाढीमा परी बाराका एक युवक बेपत्ता भएका छन्। बाढीपछि सुवर्ण गाउँपालिका–४, हरैयानिवासी रमेशकुमार यादव सम्पर्कविहीन भएका...

भोटेकोशी बाढीपछि नदी तटीय क्षेत्रका नागरिकलाई सतर्क रहन नेकपा पर्साको आग्रह

वीरगंज । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै नेपाली कम्युनिष्ट पार्टी पर्साले नदी तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन...

घाइतेको ज्यान जोगाउनु, बेपत्ताको खोजी र प्रभावितलाई सुरक्षा दिनु सरकारको पहिलो प्राथमिकता : प्रधानमन्त्री

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको अहिलेको पहिलो प्राथमिकता घाइतेहरूको ज्यान जोगाउनु, बेपत्ता भएकाहरूको खोजी गरिनु र प्रभावित मानिसहरूलाई सुरक्षा दिनु रहेको बताउनुभएको छ ।...