Date
सोम, बैशाख ७, २०८३
Mon, April 20, 2026

वाइफाई नेपाल अब वीरगंजमा : सस्तो र भरपर्दो रहेकाे दाबी

वीरगंज । इन्टरनेट सेवा प्रदायक कम्पनी वाइफाई नेपालले सङ्घीय राजधानी काठमाडौँ बाहिरपनि आफ्नो सेवा विस्तार गरेको छ । नेपालकै सस्तो इन्टरनेट प्याकेजका उपलब्ध गराउने उद्देश्यका साथ सुरुवात भएको कम्पनीले बिहीबारदेखि वीरगंजमा पनि आफ्नो सेवा सुरु गरेको हो ।

- Advertisement -

वीरगंजकाे पुजन होटलमा कम्पनीले पत्रकार सम्मेलनको आयोजना गरि आफ्नो सेवा सुविधाको बारे जानकारी दिएको छ । नेपलामा सबैलाई इन्टरनेटको आवश्यता परी रहेको परिपेक्षमा खासगरी गरिब बिपन्न,विधार्थी एवं मजदुर बर्गलाई लक्षित गरी कम्पनीले वीरगंजमा पनि सेवा विस्तार गरेको जनाएको छ ।

यसअघि कम्पनीले काठमाडौँ सहित देशका अन्य १२ प्रमुख सहरहरूमा आफ्नो सेवा विस्तार गरिसकेको छ । अब वीरगंजका प्रयोगकर्ताले वाइफाई नेपालको ५० र ८० एमबीपीएस गतिको इन्टरनेट प्याकेज मुल्य अभिबृद्धि कर बाहेक क्रमश ५ हजार ५ सय र ७ हजार ५ सयमा खरिद गर्न सक्नेछन् ।

बिहीबार एक कार्यक्रमका बिच वाइफाई नेपालले आदर्शनगरमा आफ्नो सम्पर्क कार्यालयको पनि उद्घाटन गरेको छ । कार्यालयको प्रमुख अतिथि एवम् ग्रिन सिटी सामुदायिक सेवा केन्द्र तथा ग्रिन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानलगायतले रिबन काटेर कार्यालयकाे उद्घाटन गरेका थिए ।

पत्रकार सम्मेलनमा नेपालकै सस्तो इन्टरनेट उपलब्ध गराउने वाइफाई नेपालले आफ्नो शाखा विस्तार गरेको भन्दै सेवाग्राहीहरुलाई निधर्कका साथ लाभ उठाउन कम्पनीका वीरगंज शाखा प्रमुख सुबोध ठाकुरले बताए ।

नयाँ ग्राहकले दिलदार अफर अन्तर्गत एक बर्षकाे लागि ५० एमबीपीएसको प्याकेज खरिद गर्दा इन्टरनेट शुल्क रु ४ हजार र राउटर शुल्क एक हजार ५ सय गरी ५ हजार ५ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ ।

यसैगरी दिलदार अफर अन्तर्गत नै एक बर्ष कै लागि ८० एमबीपीएसको प्याकेज खरिद गर्दा इन्टरनेट शुल्क ६ हजार र राउटर शुल्क एक हजार ५ सय गरी जम्मा ७ हजार ५ सय रुपैयाँ भुक्तानी गर्नुपर्ने हुन्छ । यसका अतिरिक्त कम्पनीले ग्राहकसँग अन्य कुनै पनि शुल्क नलिने पत्रकार सम्मेलनमा प्रमुख कार्यकारी अधिकृत सत्रुधन पञ्जियारले बताए ।

पहिलो चरणमा वीरगंजकाे सहरी क्षेत्रमा सेवा विस्तार गरेको कम्पनीले क्रमश: परवानीपुर, पोखरिया, ड्राइपोर्ट र जिल्लाका अन्य ग्रामीण भेगमा समेत सेवा विस्तार गर्ने योजना बनाइरहेको पञ्जियारलेले जानकारी दिए ।

कम्पनीले सस्तो इन्टरनेट उपलब्ध गराउँने भएपनि सेवामा कुनै सम्झौता नगर्ने पत्रकार सम्मेलनमा पञ्जियारले बताए । सेवाग्राहीलाई कुनै किसिमको समस्या परे त्यसको छिटो छरितो समाधन गर्ने समेत पत्रकार सम्मलेन कम्पनीका सुजित पाैडेलले बताए ।

घरायसी ग्राहकहरूको इन्टरनेट सम्बन्धी आवश्यकताहरू र त्यसले हने थुप्रै फाइदाहरु लाई ध्यानमा राख्दै वाई-फाई नेपालले आफ्ना अफर तथा इन्टरनेटका प्याकेजहरु बजारमा ल्याएको उनले वताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

सरुवामा असन्तुष्ट ‘जेन जेड’ अभियानका अगुवा अधिकृत घिमिरेको राजीनामा

काठमाडौँ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, सिंहदरबारमा कार्यरत शाखा अधिकृत गणेश घिमिरेले निजामती सेवाबाट राजीनामा दिएका छन्। ‘जेन जेड’ कर्मचारीहरूको नेतृत्व गर्दै...

परवानीपुर गोल्डकप : निजगढ फुटबल क्लब सडेनडेथमा बिजयी

वीरगंज । पाँचौं परवानीपुर गोल्डकप फुटबल प्रतियोगीताको आइतबारको खेलमा निजगढ फुटबल क्लब निजगढले सडेनडेथमा जित निकालेको छ । परवानीपुर खेल मैदानमा जारी दोस्रो दिनको खेलमा...

सर्वोच्चको फैसला कार्यान्वयनसँगै वीरगंज मेनरोड विस्तार सुरु, “कानुनभन्दा माथि कोही छैन”

वीरगंज । वीरगञ्जको मुख्य सडक (मेनरोड) विस्तार कार्य अन्ततः कार्यान्वयन चरणमा पुगेको छ। अधिवक्ता चन्द्रिका पटेलले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उक्त कार्य...