Date
आइत, असार १४, २०८३
Sun, June 28, 2026

आचरणविपरीत काम गर्ने मधेशका २ सय ७३ प्रहरी कारबाहीमा

spot_img
spot_img

वीरगंज । आचरण विपरीत काम गरेको २ सयभन्दा बढी प्रहरी कर्मचारी कारवाहीमा परेका छन् ।

आर्थिक वर्ष ०७९/८० को साउनदेखि जेठ मसान्तसम्म ११ महिनामा राम्रो कार्य गर्ने प्रहरीलाई पुरस्कृत गरिएको छ भने, आचरणविपरीत कार्यमा लागेका प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको छ ।

आठ जिल्लाबाट उत्कृष्ट कार्य गरेका ७९१ जना प्रहरीलाई विविध विधाले पुरस्कृत गरिएको छ भने आचरणविपरीत गर्ने २७३ जना प्रहरीलाई कारबाही गरिएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले बताए ।

पुरस्कृत हुनेहरुमा ६ जना प्रहरी वरिष्ठ उपरीक्षक, १३ प्रहरी उपरीक्षक, २७ जना प्रहरी नायब उपरीक्षक, ५९ जना प्रहरी निरीक्षक, ४५/४५ जना प्रहरी वरिष्ठ नायब निरीक्षक र प्रहरी नायब निरीक्षक छन् ।

यसैगरी, प्रहरी सहायक निरीक्षक १११ जना, प्रहरी वरिष्ठ हवल्दार ५७, प्रहरी हवल्दार ११३, प्रहरी सहायक हवल्दार १६१, प्रहरी जवान १३४, एक प्रशिक्षार्थी प्रहरी जवान र १९ जना प्रहरी कार्यालय सहायकलाई पुरस्कृत गरिएको उनले जानकारी दिए ।

यस्तै, प्रहरी आचरणविपरीत कार्य गर्ने २ सय ७३ जना प्रहरीलाई प्रहरी ऐन नियमावली अनुसार कारबाही भएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले बताए ।

उनका अनुसार प्रहरी जवानदेखि प्रहरी निरीक्षकसम्म कारबाहीमा परेका छन् ।

छ जना प्रहरी निरीक्षक, ४ जना प्रहरी वरिष्ठ नायब निरीक्षक, ९ जना प्रहरी नायब निरीक्षक, १७ जना प्रहरी सहायक निरीक्षक, १२ जना प्रहरी वरिष्ठ हवल्दार, ५५ जना प्रहरी हवल्दार, ५२ जना प्रहरी सहायक हवल्दार, १०३ जना प्रहरी जवान, प्रशिक्षार्थी प्रहरी जवान र छ जना प्रहरी कार्यालय सहयोगी कारवाहीमा परेका छन् ।

आठै जिल्लाबाट १२८ जनालाई नसिहत, ४० जना निलम्बन, २५ जनाको ग्रेड घटुवा, २२ जनाको ग्रेड रोक्का, १४ जनाको पदोन्नति रोक्का, १३ जनालाई सेवाबाट हटाइएको, १० जनालाई सचेत गराइएको, ८ जनालाई सेवा अन्त्य गराइएको छ ।

यसैगरी, ७ जनालाई सुरु स्केलमा घटुवा, ४ जना स्वतः निलम्बन र १–१ जनालाई सेवाबाट बर्खास्त गरिनुका साथै चाल–चलनमा प्रतिकूल राय नभएकोलाई कारवाही गरिएको सूचना अधिकारी श्रेष्ठले बताए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

गहवामाई रथयात्राको अवसरमा निःशुल्क स्वास्थ्य शिविर, ३५५ जनाले लिए स्वास्थ्य सेवा

वीरगंज । श्री गहवामाई तीर्थ क्षेत्र विकास समितिको आयोजनामा शनिबार वीरगंजस्थित माईस्थान मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । आगामी असार ३२...

आदिवासी जनजाति सञ्चारकर्मीको क्षमता अभिवृद्धिका लागि एकदिने तालिम सम्पन्न

सेढवा । आदिवासी जनजाति सञ्चारकर्मीहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित एकदिने तालिम शुक्रबार बाराको सिमरामा सम्पन्न भएको छ । मधेश प्रदेशको आमसञ्चार प्राधिकरणको आयोजना...

हैजा पूर्वतयारी सुदृढीकरणसम्बन्धी दुईदिने कार्यशाला सम्पन्न

वीरगंज । नारायणी अस्पतालको आयोजना तथा अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट महासंघ (आईएफआरसी) र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा सञ्चालित ‘हैजा पूर्वतयारी सुदृढीकरण : सिकाइ र...