Date
शनि, जेष्ठ ९, २०८३
Sat, May 23, 2026

सशस्त्र प्रहरीद्वारा लागु औषध चरेशसहित दुई जना पक्राउ

वीरगंज । सशस्त्र प्रहरी बल नेपालले लागु औषध चरेशसहित दुई जनालाई नियन्त्रणमा लिएकाे छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म वीरगंजबाट खटिएको चेकप्वाईन्ट डिउटी टोलीले पर्साकाे पटेर्वा सुगौली गाउँपालिका.-५ निवासी ३५ बर्षिय सत्यनारायण माझी र साेही ठाउँ निवासी ४० बर्षिय प्रलाद माझीलाई नियन्त्रमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण, पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी उपरिक्षक संताेष बस्नेतले जानकारी दिए ।

विशेष सुचनाको आधारमा बुधबार विहान ०८:४५ बजेको समयमा वीरगंज महानगरपालिकाकाे वडा नं. १६ भन्सार मेनगेट स्थित खटिएको चेकप्वाईन्ट डिउटी टोलीले नेपालबाट भारततर्फ लैजादै गरेको १५.३१० के.जी. अवैध लागु औषध चरेशसहित दुबै जनालाई पक्राउ गरेकाे उनले वताए ।

उनका अनुसार दुबै जना सवार बि.आर. २२ एम ४२०६ नम्बरको भारतिय मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलको ट्याङ्कीमा लुकाई छुपाई नेपालबाट भारततर्फ लैजादै गरेको अवैध लागु औषध चरेश जस्तो देखिने पदार्थ फेला परेको हाे ।

उक्त चरेश र मोटरसाइकलसहित दुबै जनालाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि प्रहरी चौकी ईनर्वा पर्सामा बुझाईएको सुचना अधिकारी बस्नेतले वताए ।

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

क्रियाशील युवा पत्रकार मञ्चको बैठक सम्पन्न, रक्तदान कार्यक्रम गर्ने निर्णय

वीरगंज । क्रियाशील युवा पत्रकार मञ्च नेपालको दोस्रो कार्यसमिति बैठक शनिबार वीरगंजमा सम्पन्न भएको छ । बैठकले संस्थालाई थप विस्तार गर्ने तथा सामाजिक उत्तरदायित्व...

रास्वपा बारा विस्तारित बैठकमा तनाव, सांसदहरू बैठक स्थलबाट लखेटिए

कलैया । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बारा जिल्लाको विस्तारित बैठकका क्रममा तनाव उत्पन्न हुँदा प्रतिनिधिसभा सदस्य (सांसद)हरू बैठक स्थलबाटै लखेटिएका छन् । शनिबार कलैयामा आयोजित...

पर्सामा १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु

वीरगंज । पर्सामा जिल्ला स्तरीय १६औं राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता शनिबारदेखि सुरु भएको छ । वीरगंजस्थित नारायणी रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन मधेश खेलकुद...