Date
बिहि, अशोज २९, २०८३
Thu, October 15, 2026

राउण्ड टेबल र रोटरी क्लबद्वारा स्कूललाई शौचालय हस्तान्तरण

spot_img
spot_img

वीरगंज । राउण्ड टेबल नेपाल र रोटरी क्लबले संयुक्त रूपमा हेटौँडास्थित एक स्कूलमा निर्माण गरेको शौचालय हस्तान्तरण गरेको छ ।

मकवानपुर जिल्लाको हेटौँडा उपमहानगरपालिका – ४ कर्रास्थित आनन्द मार्ग विशेष शैक्षिक संस्थामा राउण्ड टेबल नेपाल र रोटरी क्लब डिस्ट्रिक्ट ३२९२ ले संयुक्त रूपमा निर्माण गरेको सेप्टिक ट्याङ्कीसहितको तिन वटा शौचालय र तिन वटा हात धुने बेसन हस्तान्तरण गरेको हो ।

मङ्गलवार स्कूल प्राङ्गणमा आयोजित कार्यक्रमका बिच दुवै संस्थाका पदाधिकारीहरूले स्कूलका प्रमुख कोपिला श्रेष्ठलाई शौचालय हस्तान्तरण गरेका थिए ।

कूल पाँच लाख रुपैयाँको लागतमा निर्मित शौचालय र हात धुने बेसनको आधा रकम राउण्ड टेबल नेपाल एरिया – १ का परियोजना संयोजक रोहित अग्रवालको पहलमा काठमाडौँ जिल राउण्ड टेबल – २२ ले उपलब्ध गराएको छ भने आधा रकम रोटरी क्लबले दिएको छ ।

शौचालय निर्माणसँगै स्कूलमा आउने विद्यार्थी, शिक्षक र अभिभावकलाई समेत सुविधा मिल्ने दुवै संस्थाका पदाधिकारीहरूको विश्वास छ । शिक्षा क्षेत्रमा सुधारका निमित्त काम गर्दै आइरहेको राउण्ड टेबल नेपाल र रोटरी क्लबले यसअघि पनि विभिन्न शैक्षिक संस्थाहरूमा भवन निर्माण, छात्रवृत्ति वितरणदेखि शैक्षिक र आवश्यक पूर्वाधारका सामग्री समेत वितरण गर्दै आइरहेका छन् ।

हस्तान्तरण कार्यक्रममा राउण्ड टेबल नेपाल एरिया – ३ का परियोजना संयोजक दीपल खन्ना, वीरगंज फ्रेन्ड्स राउण्ड टेबल – ८ का उपाध्यक्ष आकाश सर्राफ, कोषाध्यक्ष दीपक अग्रवाल, सचिव सुदीप खेतान, हेटौँडा राउण्ड टेबल नेपाल – ३० का उपाध्यक्ष विकास जलान, सदस्य दीपक अग्रवाल, रोटरी क्लबका पूर्व डिस्ट्रिक्ट गभर्नर सञ्जय गिरी, सन्तोष रिजाल, डिस्ट्रिक्ट अफिसर अमीत गिरी, विष्णु कार्की, रोटरी क्लब नारायणी मिड टाउनका दीपेश श्रेष्ठ, रोटरी क्लब हेटौँडाका अध्यक्ष स्वागत राज प्याकुरेल, कोषाध्यक्ष रबी रेग्मी, रोटरी क्लब मकवानपुरका अध्यक्ष अञ्जनी पाराजुलीलगायतको उपस्थिति रहेको थियो ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वीरगञ्जको कुहडीमा दुनाटपरी बनाउने १५ दिने तालिम सुरु

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिका–२७ स्थित कुहडीमा दुनाटपरी उद्यमशीलतासम्बन्धी १५ दिने तालिम सुरु भएको छ। स्थानीयलाई सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको...

वीरगंज महानगरको आर्थिक अवस्थाबारे जेन जि पर्साले माग्यो विस्तृत विवरण

वीरगंज । जेन जि पर्साले वीरगंज महानगरपालिकाको आर्थिक अवस्थासम्बन्धी विस्तृत सूचना माग गरेको छ । जेन जि पर्साका संयोजक बिशेष साहको नेतृत्वमा गएको टोलीले...

ई–बिडिङ बन्द गरेर कागजी प्रक्रियाबाट ठेकेदार छनोट गर्नु गलत : प्रभु साह

काठमाडौं । आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले विद्युतीय खरिद प्रणाली (ई–जीपी) बन्द गरेर कागजी प्रक्रियामार्फत ठेकेदार छनोट गर्ने सरकारको...