Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

आयाेजककाे लापरवाहीले नारायणी रंगशाला प्रदुषित बन्दै

spot_img
spot_img

आनन्द पटेल /

परवानीपुर । पर्साकाे एकमात्र नारायणी क्रिकेट रङ्गशाला व्यवस्थापन नहुँदा अहिले निकै प्रदुषित र फोहोर भएको छ । सो रङ्गशालामा अहिले असार १७ गते देखी “डे नाइट” क्रिकेट प्रतियोगिता चलिरहेको छ । यो प्रतयोगिता अरू भन्दा निक्कै महङ्गो रूपमा रहेको छ । किन कि यसमा आयोजकको बढी लगानी रहेको हुन्छ । तर यस्तो लागानी हुँदा पनि व्यवस्थापक र रङ्गशालालाई हेर्ने निकायको गैर जिम्मेवारीले गर्दा यो रङ्गशाला अहिले निकै प्रदुषित र फोहोर भएको छ ।

यति मात्र होइन सम्बन्धित निकायको गैर जिम्मेवारका कारण रङ्गशाला दिन प्रतिदिन बिग्रिँदै गएको छ । कुनै दिन राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता सञ्चालन गरेको यो रङ्गशाला अहिले जीर्ण हुँदै गएको छ । अहिले यो रङ्गशाला विभिन्न प्रतियोगिताको नाउमा कमाईको एउटा माध्यम भएको छ ।

अहिले विरगंज महानगपालिकाले स्वच्छ महानगर अभियान नै चलाएको छ । जस अन्तर्गत फोहोर गर्ने दर्जनाैं पसल, बैंक, संघ संस्था कारवाहीमा पनि परेका छन । तर यो ”डे नाइट” क्रिकेट प्रतियोगिताले महानगरको यो अभियानलाई नजर अन्दाज गरेको प्रस्ट देख्न सकिन्छ ।

वीरगंज बजारभरी महानगरका नगर प्रहरी फोहोर गर्नेहरुलाई कारवाही गर्दै जाँदा पनि यतातिर अहिलेसम्म महानगरको आँखा पर्न सकेको छैन । फोहोर रङ्गशाला देखेर दिनहु क्रिकेट अभ्यासमा आउने खेलाडीहरूको संख्या घटदै गएको छ ।

राष्ट्रिय स्तरको यो रङ्गशालाको यो अवस्था देखेर बाहिरबाट आउने दर्शक पनि निरास भएका छन । तसर्थ समयमा नै सम्बन्धित निकायले यस्ता गतिविधि रोक्न जरुरी देखिन्छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...