Date
बुध, कार्तिक १२, २०८३
Wed, October 28, 2026

विद्यालयमा अनुपस्थित ४ शिक्षकसँग स्पष्टिकरण माग

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सुरजी देवी माध्यमिक विद्यालयका ४ शिक्षक कारबाहिमा परेका छन् । अनुगमनका क्रममा जानकारी बिना नै अनुपस्थित भेटिएका ४ जना शिक्षकलाई कारबाहि स्वरुप स्पष्टिकरण माग गरिएको हाे ।

सामुदायिक (सरकारी) विद्यालयहरुको पठन पाठन चुस्त पार्न महानगरले अनुगमनलाई तिब्र पारेको छ । विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टिकरण लिएर २४ घण्टा भित्र महाशाखामा पेश गर्न निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । 

विद्यालयको पठन पाठन अवलोकन गर्न महानगर प्रमुख राजेशमान सिंह आफै विद्यालय पुगेका थिए । उनले विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक स्पष्टिकरण माग गर्ने र पटक पटक अनुपस्थित भए सुविधा कट्टाका साथै निलम्बन गर्ने सम्मको कारबाही गर्न महाशाखा प्रमुखलाई निर्देशन समेत दिए ।

अनुगमनका क्रममा विद्यालयको भौतिक संरचनाका साथै बेवारिसे रहेको कम्प्युटर ल्याब तत्काल संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उनले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिएकाे मेयर सिंहकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

पर्साबाट सुरु भयो ‘लिगल भ्वाइस क्याम्पेन’ को चौथो संस्करण, पहिलो दिन २५० भन्दा बढी विद्यार्थी लाभान्वित

पर्सा । तराई मधेश कानून विद्यार्थी समाज (Terai Madhesh Law Students Society–TMLSS) द्वारा विगत चार वर्षदेखि मधेश प्रदेश तथा तराईका विभिन्न जिल्लामा सञ्चालन हुँदै...

वीरगंजमा दिवा सेवाका बस दिउँसो २ बजेभित्रै छुट्नुपर्ने

वीरगंज । पर्सामा बसपार्कबाट छुट्ने दिवा सेवाका सवारीसाधन दिउँसो २ बजेभित्रै काउन्टरबाट प्रस्थान गर्नुपर्ने निर्णय आजदेखि कार्यान्वयनमा आएको छ । यात्रुहरूको सुरक्षा सुनिश्चित गर्नुका साथै...

पर्सागढीबाट अवैध सालको काठ र पिकअपसहित चालक पक्राउ

वीरगञ्ज । पर्साको पर्सागढी नगरपालिकाबाट प्रहरीले अवैध रूपमा कटान गरिएको सालको गोलिया काठ र पिकअप गाडीसहित एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय पर्साका...