Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

विद्यालयमा अनुपस्थित ४ शिक्षकसँग स्पष्टिकरण माग

spot_img
spot_img

वीरगंज । वीरगंजकाे सुरजी देवी माध्यमिक विद्यालयका ४ शिक्षक कारबाहिमा परेका छन् । अनुगमनका क्रममा जानकारी बिना नै अनुपस्थित भेटिएका ४ जना शिक्षकलाई कारबाहि स्वरुप स्पष्टिकरण माग गरिएको हाे ।

सामुदायिक (सरकारी) विद्यालयहरुको पठन पाठन चुस्त पार्न महानगरले अनुगमनलाई तिब्र पारेको छ । विद्यालयका प्रधानाध्यापक रामनारायण मिश्रलाई अनुपस्थित भएका शिक्षकहरुसँग स्पष्टिकरण लिएर २४ घण्टा भित्र महाशाखामा पेश गर्न निर्देशन दिइएको शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए । 

विद्यालयको पठन पाठन अवलोकन गर्न महानगर प्रमुख राजेशमान सिंह आफै विद्यालय पुगेका थिए । उनले विना जानकारी अनुपस्थित हुने शिक्षकलाई पहिलो पटक स्पष्टिकरण माग गर्ने र पटक पटक अनुपस्थित भए सुविधा कट्टाका साथै निलम्बन गर्ने सम्मको कारबाही गर्न महाशाखा प्रमुखलाई निर्देशन समेत दिए ।

अनुगमनका क्रममा विद्यालयको भौतिक संरचनाका साथै बेवारिसे रहेको कम्प्युटर ल्याब तत्काल संचालनमा ल्याएर विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा प्रदान गर्न पनि उनले विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुलाई निर्देशन दिएकाे मेयर सिंहकाे सचिवालयले जनाएकाे छ ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...