Date
बुध, भदौ २४, २०८३
Wed, September 9, 2026

युवाको एकताले नै समाज रुपान्तरण हुन्छ : सांसद यादव

spot_img
spot_img

वीरगंज । पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य प्रदीप यादवले ज्येष्ठ नागरिकको अनुभव र आशिर्वादले युवा पुस्ताले समाज परिवर्तन गर्नुपर्ने बताएका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर २० मा अपौनी युथ क्लबले आयोजना गरेको क्लबको कार्यालय उद्घाटन तथा ज्येष्ठ नागरिक सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै सांसद यादवले समाज रुपान्तरणका लागि ज्येष्ठ नागरिकको अनुभव र मार्गनिर्देशको आवश्यक्ता औँल्याए ।

जसपाका प्रमुख सचेतकसमेत रहेका यादवले क्लबमा आवद्ध भएर युवाहरुले सामाजिक कार्यमा देखाएको सक्रियता अनुकरणयोग्य रहेको बताए । क्लबले गर्ने हरेक सामाजिक कार्यमा आफुले सहयोग गर्ने प्रतिबद्धता पनि जनाएका छन् । क्लबको कार्यालयको उद्घाटन गर्दै पूर्व मन्त्रीसमेत रहेका यादवले विवाह भवन निर्माणसँगै टावर लाइट जडान गर्ने बताएका छन् ।

समाजलाई सबल, सक्षम र समृद्ध बनाउनका लागि जोश र जाँगरसहितका युवाहरुको अहम भुमिका रहेको हुँदा क्लबमार्फत जिम्मेवारी बहन गर्ने विश्वास उनले व्यक्त गरेका छन् ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका वडा नम्बर २० का वडाध्यक्ष रामकिशोर सिंह पराग, वडा नम्बर २६ का वडाध्यक्ष शम्भु मिश्रा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

क्लबका अध्यक्ष साजन कुमार रायको अध्यक्षतामा भएको कार्यक्रमका अवसरमा गाउँभरीका ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

गाउँमै प्रयोगबिहिन अवस्थामा रहेको धर्मशालाको भवनलाई क्लबले कार्यालय भवनको रुपमा उद्घाटन गरेको क्लबका अध्यक्ष साजन कुमार रायले बताए । उनकाअनुसार क्लबमार्फत सामाजिक कार्य गर्ने योजना छ । आगामी दिनमा क्लबलाई सशक्त बनाउने उनले बताए ।

सल्लाहकार सन्दिप पुरीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रमको सहजीकरण क्लबका सल्लाहकार चन्द्रीका प्रसाद चौरसियाले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

रास्वपाकाे वीरगंजमा एउटै दिन एउटै समयमा दुई छुट्टाछुट्टै कार्यक्रम किन ?

वीरगंज । पर्सामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गुटगत विवाद रहेको संकेत देखिएको छ । राष्ट्रिय शोक दिवसका अवसरमा सोमबार वीरगंजमा पार्टीका जिल्ला समिति...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ : सिनियरतर्फ रोयल एकेडेमी च्याम्पियन

वीरगंज । प्याब्सन पर्सा र वीरगंज आयोजनामा सञ्चालन हुँदै आएको अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता ‘प्याब्सन स्मार्ट माइन्ड्स २०८३’ अन्तर्गत सिनियरतर्फको फाइनल प्रतियोगिता सम्पन्न भएको छ...

ह्याचरीको फोहोर र दुर्गन्धले बस्ती प्रभावित, शिवम् लेयर्स फार्म बन्द गर्न नेता पाण्डेको माग

वीरगंज । पर्साको पटेर्वासुगौली गाउँपालिका–२ गादीमा रहेको शिवम् लेयर्स फार्म प्रालिद्वारा सञ्चालित ह्याचरीबाट निस्कने फोहोर, दुर्गन्ध तथा झिँगाका कारण आसपासका बस्ती प्रभावित भएको भन्दै...