Date
बुध, भदौ १७, २०८३
Wed, September 2, 2026

जसपा पर्साकाे सपथ ग्रहण सम्पन्न

spot_img
spot_img

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपाल पर्साका पदाधिकारी र सदस्यहरुकाे सपथ ग्रहण कार्यक्रम साेमबार सम्पन्न भएकाे छ । जिल्ला अध्यक्ष रामनरेश प्रसाद यादवको अध्यक्षतामा कुर्मी सेवा सदनमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथि जसपाका राजनीतिक समिति सदस्य सुरेन्द्र प्रसाद कुर्मिले जिल्ला पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।

उनले जेष्ठ १५ गते मनोनयन गरिएका ३ उपाध्यक्ष क्रमश अजय प्रसाद चौरसीया, नागेन्द्र प्रसाद यादव, मिथिलेश सिंह, उपसचिव २ जना क्रमशः नुर आलम अन्सारी, सुनिल कुशवाहा र एक कोषाध्यक्ष गरि कुल ७५ जना पदाधिकारी एवम् सदस्यहरुलाई पद तथा गोपनियता शपथ ग्रहण गराएका हुन् ।

कार्यक्रममा मनोनीत गरिएका पदाधिकारी एवम् सदस्यहरुलाइ गमछा र टीका लगाइ सम्मान पनि गरिएको जसपा पर्साका जिल्ला सचीव तबरेज अहमदले जानकारी दिए ।

कार्यक्रमका प्रमुख अतिथिले आजको कार्यक्रमले नेता र कार्यकर्तामा थप उत्साह ल्याउने दाबी गर्नु गरे । उनले अब यो समितिलाइ गाउँ गाउँ र टोल टोल पुगि संगठनलाई थप चुस्त दुरुस्त बनाउने निर्देशन समेत दिए ।

जिल्ला अध्यक्ष यादवले कार्यक्रम समापन गर्दै अब हामी आफुलाइ समय सापेक्ष परिवर्तन गरि संगठनको काममा लाग्ने र छिटोभन्दा छिटो कार्यकारिणी समितिको बैठक बसि विभिन्न आयोगहरु समेत गठन गरि अगाडी बढ्ने जानकारी गराए ।

कार्यक्रममा केन्द्रिय सदस्य रेखा साह, संघीय शिक्षक फोरमका केन्द्रिय सदस्य हरेन्द्र चौरासीया, शेख खुर्सेद, जयनारायण पटेल, प्रदिप जयसवाल लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा स्वागत मन्तव्य जसपा पर्साका जिल्ला कोषाध्यक्ष एवम् सखुवाप्रसौनीका उप मेयर शार्मिला महतो बिष्टले गरेकी थिइन भने कार्यक्रमकाे संचालन जिल्ला सचिव अहमदले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बिश्रामपुरका ११ वर्षीय बालकको अपहरणपछि हत्या, १७ वर्षीय किशोर पक्राउ

बारा । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ३ मुसहर्वाका ११ वर्षीय राजेश कुमार साहको अपहरणपछि हत्या गरिएको घटनामा एक १७ वर्षीय किशोर पक्राउ परेका...

तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त

वीरगंज । नेपाल तरुण दल पर्साको कोषाध्यक्षमा विराज साह नियुक्त भएका छन् । नेपाल तरुण दल पर्साका अध्यक्ष बाल्मिकी यादवले साहलाई कोषाध्यक्ष पदमा नियुक्त गरेका...

अदालतको आदेश विपरित वीरगंजस्थित टेलिकम भवन भत्काइएको भन्दै टेलिकमको आपत्ति

वीरगंज । नेपाल टेलिकमले वीरगंजस्थित दूरसञ्चार कार्यालयको भवन सडक डिभिजन कार्यालय हेटौंडाले एकपक्षीय रूपमा पुनः भत्काएको घटनाप्रति गम्भीर आपत्ति जनाएको छ । दूरसञ्चारको स्थापना कालदेखि...