Date
शनि, भदौ २७, २०८३
Sat, September 12, 2026

बचतकर्ताको समस्या समाधान गर्न सानो पाइला सहकारीलाई महानगरको निर्देशन

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाले यहाँ स्थित सानोपाइला बचत तथा ऋण सहकारी संस्थामा देखिएको समस्या तत्काल समाधान गर्न संचालकलाई निर्देशन दिएको छ ।

सहकारीको समस्या तत्काल समाधान गर्दै बचतकर्ताको बचत निक्षेप फिर्ता गर्न महानगरले संचालकलाई निर्देशन दिएको हो । 

आइतबार संस्थाका संस्थापक जी.वी. राईलाई झिकाएर महानगर प्रमुख राजेशमान सिंहले बचतकर्ताको बचत तत्काल फिर्ता गरि संस्थामा देखिएको समस्या समाधान गर्न निर्देशन दिनु भएको हो ।

आफ्ना बचतकर्ताको बचत निक्षेप लामो समयदेखि फिर्ता नगरी दुःख मात्रै दिएको भन्दै समस्या समाधान गरिदिन माग गर्दै बचतकर्ताले महानगरमा निवेदन दिएका थिए ।

बचतकर्ताको बचत लामो समयदेखि फिर्ता नगरेको र पटक पटक समस्या समाधानका लागि ताकेता गर्दा पनि समाधान नभएपछि महागनरले सहकारीलाई कालो सूचीमा राख्ने तयारी गर्दै संस्थाका संचालकलाई झिकाएको हो ।

आइतबार संस्थाका सस्थापक जी.वी. राई, कोषाध्यक्ष कुमार रम्तेल, वीरगंज स्थित कार्यालयका व्यवस्थापक असरफ अलीलाई महानगरमा झिकाएर नगर प्रमुख सिंहले बचतकर्ताको कुनै पनि गुनासो नआउने गरि समस्या समाधान गर्न निर्देशन दिनु भएको हो ।

यसका साथै बचतकर्ताको बचत निक्षेपको विवरण र ऋण लगानी गरेकाहरुको रकम खुल्ने गरि विवरण तीन दिन भित्र महानगरमा बुझाउन, बचतकर्ताको वित्तीय हितलाई मध्यनजर गर्दै १ लाख रुपैयाँभन्दा कम निक्षेप रहेका बचतकर्ताहरुको निक्षेप तत्कालै क्रमबद्ध रुपमा फिर्ता गर्न पनि पनि उहाँले निर्देशन दिनुभएको छ ।

यस्तै आफ्नो वित्तीय स्थिति खुल्ने श्वेत पत्र साउन १५ भित्र तयार गरि सार्वजनिक गर्न र सोको विवरण महानगरलाई बुझाउन पनि उहाँले निर्देशन दिनुभएको छ । महानगर प्रमुखले सिंहले दिनुभएको निर्देशनमा संस्थाका संचालकलाई लिखित सहमति गराइएको छ ।

बचतकर्ताको समस्या सम्बोधन नभए सहकारीलाई कालो सूचिमा राखेर थप कारवाही अघि बढाउने भन्दै महानगर प्रमुख सिंहले समस्या समाधानमा ध्यान दिन आग्रह गर्नुभयो ।

संस्थाका संस्थापक जी.वी. राईले आफूहरु महानगरको निर्देशन र बचतकर्ताको हित अनुसार काम गर्न तयार रहेको प्रतिबद्धता जनाएका छन् ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

नौ दल एउटै चुनाव चिह्न लिएर निर्वाचनमा जाने तयारीमा

जनकपुरधाम । आगामी निर्वाचनलाई लक्षित गर्दै नौ राजनीतिक दल सम्मिलित अग्रगामी मोर्चाले एउटै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुने तयारी थालेको छ। मोर्चाका महत्वपूर्ण नेतामध्येका...

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ जुनियरको उपाधि ओम नेसनल एकेडेमीलाई

वीरगंज । प्याब्सन पर्सा र प्याब्सन वीरगंजको आयोजनामा सम्पन्न प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को जुनियरतर्फको उपाधि ओम नेसनल एकेडेमीले जितेको छ । फाइनलमा उत्कृष्ट प्रदर्शन...

सुधिर पटेलकाे नेतृत्वमा वीरगंजबाट १५ लाखको राहत सामग्री बाढी प्रभावित क्षेत्रमा पठाइयो

वीरगंज । रसुवाकाे भाेटेकाेशी बाढी प्रभावित परिवारका लागि वीरगंजबाट करिब १५ लाख रुपैयाँ बराबरको राहत सामग्री संकलन गरिएको छ । संकलित राहत सामग्री राष्ट्रिय...