Date
आइत, भदौ ७, २०८३
Sun, August 23, 2026

शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन: यादव निर्वाचित

spot_img
spot_img
वीरगंज । नेपाल शिक्षक महासंघ पर्साकाे अध्यक्षमा पुन: तिर्थराज यादव चयन भएका छन् । वीरगंजमा शनिबार सम्पन्न महासंघकाे दाेश्राे अधिवेशनबाट पुन: यादव अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसहमत चयन भएकाे हाे ।
 
महासंघकाे सहअध्यक्षमा हरेन्द्र प्रसाद कुर्मी, महिला उपाध्यक्षमा मञ्जु मिश्र, उपाध्यक्षमा रमेश प्रसाद चाैधरी, सचिवमा विनाेद गिरि, सहसचिवमा राकेश मिश्र, रचना सिंह र रामबालक यादव तथा संस्थागत सहसचिवमा अशाेक कुमार केवट, पिताचन्द्र ढुंगेल, रमेश कुशवाहा, रामेश्वर साह, राखी शर्मा, चन्द्रमाेहन चाैरसिया र याेगेश्वर मिश्र चयन भएका हुन् ।
 
तिर्थराज यादवकाे अध्यक्षतामा सात जना पदेन सदस्य सहित सैतिस सदस्यीय कार्यसमिति निर्विराेध निर्वाचित भएकाे निर्वाचन अधिकृत राम कुमार अधिकारीले जानकारी दिए । मधेश प्रदेश मै निर्विराेध जिल्ला अधिबेशन पर्सामा सम्पन्न भएकाे वताइएकाे छ ।
 
अधिवेश उद्घाटन समाराेहमा एमाले पर्सका जिल्ला संयाेजक डा. बिशम्भर शर्मा, जनता समाजवादी पार्टी पर्साका जिल्ला सँयाेजक रामनरेश यादव, नेपाली कांग्रेस पर्साका जिल्ला उपसभापति रामनारायण कुर्मी,  वीरगंज महानगरका शिक्षा शाखा प्रमुख अरबिन्द लाल कर्ण, नेपाल शिक्षक महासँघका वीरगंज महानगर अध्यक्ष बिनाेद मेहता, नेपाल प्रेश युनियन पर्साका पुर्व अध्यक्ष एवम् अधिवक्ता रामनारायण कुर्मी लगायतकाे उपस्थिती रहेकाे थियाे ।
 
शनिबार नै नव निर्वाचित पदाधिकारीहरूकाे पदास्थापन तथा सपथग्रहण गराइएकाे थियाे ।
 
सपथ ग्रहण पछि दाेस्राे कार्यकालकाे लागि नवनिर्वाचित अध्यक्ष तिर्थराज यादवले शिक्षकहरूकाे हकहितकाे विगत कार्यकाल भन्दै अझै सशक्त रुपमा लाग्ने वताए । उनले शिक्षककाे हकहित बिपरित कार्य गर्ने जाे काेहि पनि महासंघकाे शत्रु हुने वताउँदै त्यस्ताेसँग महासंघ सहमति वा सहकार्य कहिले नगर्ने प्रतिवद्धता जनाए ।
 
spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

अग्रगामी मोर्चाको भदौ २० गते जिल्ला बैठक, असोज १० गते काठमाडौंमा विशेष भेला

काठमाडौं । विभिन्न ९ दल सम्मिलित अग्रगामी मोर्चाको बागमती प्रदेश समन्वय समितिले आगामी भदौ २० गते प्रदेशका सबै जिल्लामा जिल्ला समन्वय समितिको बैठक गर्ने...

नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टको व्यावसायिक क्षमता अभिवृद्धि गर्न प्रशिक्षण

वीरगंज । नवदीक्षित इन्जिनियर तथा आर्किटेक्टहरूलाई पेशागत जीवनमा प्रवेश गर्न आवश्यक ज्ञान, सीप, मार्गदर्शन तथा करियर विकाससम्बन्धी अभिमुखीकरण प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको “Professional...

गरिमा हत्या प्रकरणमा दोषीलाई हदैसम्मको कारबाही गर्न नेकपा पर्साको माग

वीरगंज । जीतपुरसिमरा उपमहानगरपालिका–१ भक्तिनगरकी बालिका गरिमा कुमारी चौधरीको बलात्कारपछि हत्या भएको घटनाप्रति नेपाली कम्युनिष्ट पार्टी, (नेकपा) पर्सा जिल्ला समितिले गम्भीर आपत्ति जनाउँदै दोषीलाई...