Date
सोम, असार १, २०८३
Mon, June 15, 2026

सखुवा प्रसौनीमा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न

spot_img
spot_img

वीरगंज । पर्साकाे सखुवा प्रसौनी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे छ । कम्युनिटी डेभलपमेन्ट एण्ड काउनसेलिङ्ग सेन्टर प्रा.लि. वीरगंजकाे संयाेजनमा सखुवा प्रसौनी गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम गरेकाे हो ।

कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष यसवन्त यादवले इन्धन खर्चमा कुनै पनि अनियमितता नभएको वताए । उनले भने “सखुवा प्रसौनीको कुल भुभाग मध्ये करिब ८० प्रतिशत भुभाग गण्डक नहरको उतरतर्फ रहेकोले उक्त क्षेत्रका अधिकांश कृषकहरु नदीको पानिलाई कुलो/पैनी मार्फत गरिने सिँचाईमा आश्रित छन् । सिँचाईलाई उच्च प्राथमिकतामा राख्दै किसानहरुको लागी नि:शुल्क नहर, कुलो/पैनि सफाईको व्यवस्था गाउँपालिकाले गरेको छ र उक्त कार्यको लागी नि:शुल्क रुपमा गाउँपालिकाको जेसिबी प्रयोग गरिदै आएको छ । जसकारण कृषिमा सिञ्चित क्षेत्र बढ्दै गएको र किसानहरुले तीन बालिसम्म लगाउने गरेका छन् । निशुल्क रुपमा जेसिबी चलाउदा पक्कै पनि इन्धन खपत भएको हुन्छ । इन्धनको शुल्क कुनै पनि कृषकबाट लिने नगरिएकोले गाउँपालिकाको इन्धन खर्च बढ्नु स्वभाविक नै हो ।”

त्यसैगरी गाउँपलिकाले २०७९ साल असार महिनादेखि दुई वटै एम्बुलेन्स नि:शुल्क रुपमा सञ्चालन गर्दै आएको उनले वताए । नि:शुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने नेपालकै पहिलो पालिका रुपमा सखुवा प्रसौनी गाउँपालिका रहेको उनले दाबी समेत गरे । पछि काठमाडौं महानगरपालिकाले पनि निशुल्क एम्बुलेन्स सेवा शुरु गरेको अध्यक्ष यादवकाे भनाई थियाे ।

उनले भने “नि:शुल्क रुपमा गाउँपालिका अन्तर्गतका सबै किसिमको बिरामीहरुलाई देशभरी नै एम्बुलेन्स सेवा उपलब्ध गराउँदा इन्धनको खपत अवश्य नै बढ्छ । तर चालु आर्थिक बर्षमा भएको इन्धन खर्चमा भ्रष्टाचार नै गरेको भनी प्रचार गर्नु गलत हाे ।”

गाउँपालिका अध्यक्ष यादवले इन्धन खर्चलाई थप व्यवस्थित गर्दै सखुवा प्रसौनी गाउँपालिकाले जिल्ला मै PAMS बाट इन्धन अभिलेख राख्ने प्रथम स्थानिय तह भएकाे वताए । जिल्ला कै गाउँपालिकाहरु मध्ये सबै भन्दा बढी सवारी साधन भएको गाउँपालिका पनि सखुवा प्रसौनी नै भएकाे वताउँदै उनले सवारी साधन बढी हुँदा साथै नि:शुल्क सेवा उपलब्ध गराउँदा इन्धन खर्च बढ्नु कुनै नौलो कुरा नभएको तथा सोही खर्चलाई नेपाल सरकारको आधिकारिक PAMS प्रणालीको प्रयोग गरी व्यवस्थित बनाउदै लगिएको उनले वताए ।

सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत आधारभुत अस्पताल सञ्चालन गर्ने योजना कार्यालयको रहेको अध्यक्ष यालवे वताए । गाउँपालिकाको योजना अनुरुप आधारभुत अस्पताल संचालनमा आएमा पर्सा जिल्लाका गाउँपालिकाहरु मध्ये प्रथम गाउँपालिका सखुवा प्रसौनी नै हुने उनकाे भनाई थियाे ।

अध्यक्ष यादवले कर्मचारी भर्नामा पनि कुनै किसिमकाे अनियमितता नभएकाे वताए । कर्मचारी भर्ना हचुवाको तालमा नभई सखुवा प्रसौनी गाउँपालिका करारमा प्राविधिक तथा अप्राविधिक कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धि कार्यविधि, २०७९ तथा नेपाल सरकारको प्रचलित कानुनको आधारमा गरिएको र कर्मचारी भर्ना पूर्ण रुपमा स्वच्छ र निष्पक्ष रुपमा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवनाथ साहले बताए ।

त्यसै गरी गाउँ कार्यपालिकाबाट संगठन तथा व्यवस्थापन सर्वेक्षण (O&M Survey) पास गरी कर्मचारी व्यवस्थापन गर्नेमा सखुवा प्रसौनी गाउँपालिका पर्सा जिल्लाकै पहिलो गाउँपालिका बनेकाे उनले वताए । गाउँपालिकाले O&M को आधारमा नै कर्मचारी भर्ना गर्ने गाउँपालिकाको योजना रहेको भनी प्रमुख प्रशासकिय अधिकृत साहले स्पष्ट पारे ।

उनले भने “पर्सा जिल्लाका गाउँपालिकाहरु मध्ये क्षेत्रफल र जनसंख्याको हिसाबले सखुवा प्रसौनी गाउँपालिका सबैभन्दा ठुलो गाउँपालिका हो, तथापि सावर्जनिक सेवा प्रवाहको ठुलो चाँप हुँदाहुँदै पनि अन्य पालिकाको तुलनामा थोरै कर्मचारीले सेवा प्रवाह भईरहेको र कर्मचारि व्यवस्थापनमा कुनै किसिमको कमि कमजोरी भएकाे छैन् ।”

जिल्लाका गाउँपालिकाहरु मध्ये सबै भन्दा बढी सवारी साधन भएको गाउँपालिका सखुवा प्रसौनी नै हो । जसमध्ये अधिकांश सवारी साधन पुरानै कार्यकालमा खरिद भएका तथा केही साविकको जिल्ला विकास समितिबाट हस्तान्तरण भई आएकाे उनले जानकारी गराए ।

उनले थपे “पुराना सवारी साधनको संख्या अत्याधिक भएको तथा संख्या पनि धेरै भएकोले मर्मत खर्च बढेको छ । साथै एम्बुलेन्स, जेसिबी तथा अन्य सवारीहरु नि:शुल्क रुपमा सञ्चालन भएरहेकोले अत्याधिक प्रयोग हुनु तथा सोका कारण मर्मत खर्च पनी बढ्नु स्वभाविक नै हो ।”

साथै गाउँपालिका अध्यक्षले चढ्ने स्कोरपियो गाडीमा केही महिना अगाडी भएको तोडफोडको कारण पनि उक्त समयमा मर्मत खर्च बढेको भनी गाउँपालिका अध्यक्ष यादवले सार्वजिनक सुनुवाईकै क्रममा थप स्पष्ट पारे ।

सूचना प्रकाशनमा मितव्ययिता अपनाईएको गाउँपालिकाे अधिकृत साहकाे भनाई थियाे । उनले जहिले पनि सस्तो र कम लागतमा बढि भन्दा बढि काम गर्ने सरकारले नीति अनुरूप गाउँपालिकाले सस्तोमा सुचना छाप्ने पत्रिकालाई बढि सुचना छाप्न दिएकाे वताए । 

मितव्ययिताको सिद्धान्त अनुसार कार्यालयलाई सस्तो पर्ने समान स्तरको सेवामा सस्तोलाई नै प्राथमिकता दिनु पर्ने भएकोले कम खर्च लाग्ने पत्रिकालाई सूचना दिनु कुनै किसिमले अनियमित कार्य नभएको गाउँपालिकाको प्रतिक्रिया रहेकाे छ ।

श्री दीप नारायण आदर्श नमूना माध्यमिक विद्यालय औराहा पचगावाँको प्राङ्गणमा भएकाे कार्यक्रममा स्थानिय जनप्रतिनिधि, कर्मचारी, बुद्धिजिवि, समाजसेवी, पत्रकार लगायत स्थानिय आम जनताको उपस्थिति रहेकाे थियाे । काउनसेलिङ्ग सेन्टर प्रा.लि. का निर्देशक रामाकान्त पटेलले स्वागत मन्तव्य राखेकाे कार्यक्रमकाे संचालन पत्रकार निरज पिठाकाेटे मगरले गरेका थिए ।

spot_img
spot_img

ताजा अपडेट

कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

बारामा आर्थिक गणना अन्तिम चरणमा, २१ हजारभन्दा बढी प्रतिष्ठानको विवरण संकलन

कलैया । राष्ट्रिय आर्थिक गणना–२०८२ अन्तर्गत बारा जिल्लामा सञ्चालन भइरहेको तथ्याङ्क संकलन कार्य अन्तिम चरणमा पुगेको छ । हालसम्म जिल्लाभरका २१ हजार ७४ वटा...

पर्सामा जुवा अखडा माथि प्रहरीको छापा, १२ जना पक्राउ

वीरगंज । पर्साको सखुवाप्रसौनी गाउँपालिका–२ स्थित श्रीपुर बजारबाट जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आइतबार श्रीपुर...

महिला सशक्तीकरण : प्रगतिशील र सफल समाजको आधारशिला

कुनै राष्ट्रको वास्तविक प्रगति केवल आर्थिक वृद्धि, प्रविधिगत विकास वा विश्वव्यापी प्रभावबाट मात्र मापन हुँदैन; त्यसको मापन त्यहाँका महिलाको अवस्था, सम्मान, अधिकार र सशक्तीकरणबाट...