Date
शुक्र, भदौ २६, २०८३
Fri, September 11, 2026

बैभव वीरगंज बनाउने अभियान रोकिदैन : मेयर सिंह

spot_img
spot_img

वीरगंज । वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले बैभव वीरगंज बनाउने अभियान कुनै हालतमा नरोकिने र कसैसँग सम्झौता नहुने वताएका छन् ।

वीरगंज महानगरपालिकाको आयोजना तथा व्रिलियन्ट युवा क्लवको संयोजनमा बुधबार वीरगंजको वडा नम्बर ५ मा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरवासीहरुले उठाएको प्रश्नको जवाफ दिदै आफूले गलत नगर्ने र गलत भई हाले त्यसको खुलेर विरोध गर्न नगरवासीलाई आग्रह गरे ।

उनले नगरवासीहरुले समस्या उठाउने मात्र होईन, त्यसको समाधान पनि खोज्नु पर्ने कुरामा जोड दिदै वीरगंजमा पानीको रिचार्ज नहुँदा गर्मी याममा पिउने पानीको समेत समस्या देखा परेको बताए ।

उनले वीरगंजलाई नमुना शहरको रुपमा विकास गर्न नगरवासीको साथ र सहयोग आफूलाई अपरिहार्य रहेको बताउँदै नगरको सरसफाई, शिक्षा स्वास्थ्य क्षेत्रमा देखिएका विसंगतिहरुको अन्त्य गर्ने अभियानमा महानगर जुटेको वताए ।

मेयर सिंहले वीरगंजका धार्मिक तथा ऐतिहासिक क्षेत्रहरुको सौन्दर्यकरण सँगै वीरगंजमा धार्मिक पर्यटन प्रवर्धनका लागि समेत महानगरपालिकाले काम गरि रहेको बताए ।

कार्यक्रममा महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मी पौडेलले महानगरले प्रधान गर्ने सेवा र सुविधालाई एकिकृत रुपमा नगरवासी विच पुर्याउन ८० करोडको लागतमा ११ तल्ले कार्यालय भवन निर्माणका लागि डिपिआर समेत बनि सकेको र श्रोतको व्यवस्थापन हुन नसक्दा कार्यालय निर्माणमा समस्या भएको बताए ।

उनले कार्यालयमा कर्मचारीहरुको दरवन्दी कम हुँदा काम गर्न समस्या भएको बताउँदै महानगरपालिकामा समेत विगतमा विचौलियाहरुले सेवाग्राहीलाई दुःख दिने गरेकोमा अहिले त्यस्ता गतिविधि पूर्ण रुपमा हटेको दावी गरे ।

कार्यक्रममा वीरगंज महानगरपालिका वडा नम्बर ५ का अध्यक्ष प्रदिप चौरसियाले नगरवासीको गुनासो अनुसारको काम भएको दावी गर्दै सबैको सोचमा परिवर्तन हुनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा मानव अधिकारकर्मी तथा संचारकर्मी कृष्ण खनालले वीरगंजको सरसफाई राम्रो भएको र पहिचान समेत फेरिएको बताउँदै विद्युत, नालाको व्यवस्थापनमा ध्यान दिनु पर्ने कुरामा जोड दिए ।

कार्यक्रममा गुनासो लिएर आएका आमा समूह तथा विभिन्न महिला समूहहरुले ५०औं बर्ष देखि आफूहरुले जनप्रतिनिधिहरुलाई भोट दिदै आएको भए पनि कुनै काम हुन नसकेको अवस्थामा अहिलेका मेयर तथा वडा अध्यक्षहरुले राम्रो काम गरेको भन्दै प्रशंसा गरेका थिए ।

रेडियो वीरगंज, टिभी वीरगंज, मधेश दृष्टि दैनिकका कार्यकारी अध्यक्ष ध्रुव साहले सहजिकरण गरेकाे कार्यक्रममा सेवाग्राही तथा नगरवासीलाई सोधिएको प्रश्नको जवाफ सहितको प्रतिवेदन पत्रकार ध्रुव अधिकारीले प्रस्तुत गरेका थिए ।

वीरगंज ५ स्थित देव पार्टी प्यालेसमा भएकाे कार्यक्रममा स्वागत मन्तव्य व्रिलियन्ट युवा क्लवका छठु साहले गरेका थिए ।

spot_img

ताजा अपडेट

spot_img
spot_img
spot_img
कालिका टाईम्स
कालिका टाईम्सhttps://kalikatimes.com
सम्पर्क: ९८५५०३५४५७ | ९८५५०३३१३५, इमेल: kalikatimesdaily@gmail.com

थप समाचार

वन संरक्षणमा वन कार्यालय र उपभोक्ता समूहबीच सहकार्य आवश्यक : प्रमुख अहमद

वीरगंज । डिभिजन वन कार्यालय पर्साका प्रमुख मञ्जुर अहमदले वन संरक्षण, व्यवस्थापन तथा विकासका लागि वन कार्यालय र उपभोक्ता समूहबीच प्रभावकारी सहकार्य आवश्यक रहेको...

वीरगंजमा मोटरसाइकलको डिक्कीबाट साढे ४ लाख भारतीय रुपैयाँ बरामद, भारतीय नागरिक पक्राउ

वीरगंज । पर्साको वीरगन्जमा स्रोत नखुलेको ४ लाख ५० हजार भारतीय रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्। वीरगन्ज महानगरपालिका–१६ रजतजयन्ती चोकमा नियमित चेकजाँचका क्रममा...

क्यासिनो प्रकरण : गाउँपालिका अध्यक्ष यादवसहित आठै जनाको ४ दिन म्याद थप

वीरगंज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव र प्रहरी निरीक्षक प्रदीप पौडेलसहित क्यासिनोबाट पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न थप चार दिनको...